सिँचाइ डिभिजन प्रमुख नौ लाख घुससहित रङ्गेहात पक्राउ
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार १:२४:२३
खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ । सेवाग्राहीबाट रु नौ लाख ३४ हजार घुस लिँदै गर्दा टोलीले आज कार्यालय प्रमुख श्रेष्ठलाई रङ्गेहात पक्राउ गरेको हो ।
आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई घुस रकमसहित कार्यालय परिसरबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । श्रेष्ठको साथबाट श्रोत नखुलेको रु ९९ हजार ५०० रकम पनि जफत गरिएको बताइएको छ ।
प्रमुख श्रेष्ठ पक्राउ परेपछि सो कार्यालयमा शिल गरेर कसैलाई पनि प्रवेश दिइएको छैन । श्रेष्ठले सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांश ठेकेदार तथा उपभोक्ता समितिसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीको गुनासो छ । टोलीले प्रमुख श्रेष्ठलाई आज नै काठमाडौँ लगेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार