कोरोनाका गम्भीर बिरामीलाई सङ्क्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार १:३३:४०
काठमाडौं । सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।
परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोरोना निको भएर डिस्चार्ज भएका व्यक्तिको शरीरमा बनेको ‘एन्टीबडी’ झिकेर कोरोनाका गम्भीर बिरामीलाई दिने तयारी गएिको जानकारी दिए । “कोरोनाबाट अन्तिम अवस्थामा पुगेका बिरामीलाई निको भएका बिरामीबाट ‘कान्भालेसेन्ट प्लाज्मा’ झिकेर दिँदा गम्भीर बिरामीलाई बचाउन सकिने अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ”, उनले भने, “त्यहीअनुसार नेपालमा पनि हामीले गम्भीर प्रकारका बिरामीलाई बचाउन सकिन्छ कि भनेर सरकारसँग स्वीकृति लिएर आह्वान गरेका हौँ ।”
कोरोना मुक्त भएर डिस्चार्ज भएका इच्छुक व्यक्तिलाई प्लाज्मा दानका लागि आह्वान गरिएको उनले जानकारी दिए। रक्तदान गरे जसरी नै प्लाज्मा दान गर्न सकिने उनको भनाइ छ । त्यसका कोरोनाका गम्भीर प्रकृतिका बिरामी उपचाररत अस्पतालसँग समन्वय गरिसकेको प्रमुख अनुसन्धान अधिकृत धिमालले बताए ।
मुलुकभरका करीब १५-१६ वटा सुविधा सम्पन्न ‘कोभिड डेडिकेटेड’ अस्पतालसँग मिलेर त्यस्ता बिरामीको उपचार गर्ने तयारी थालिएको उनको भनाइ छ । “सामान्य तथा लक्षण नदेखिएका बिरामीलाई होइन”, उनले भने, “जो अति गम्भीर अवस्थामा आइसियू र भेन्टिलेटरमा उपचाररत छन, उनीहरुलाई प्लाज्मा दिएर उपचार गर्न लागिएको हो ।”
कोरोना भाइरसलाई जितेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट गत वैशाखमा डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठले गम्भीर अवस्थामा पुगेको कोरोना सङ्क्रमितको उपचारका लागि आफू प्लाज्मा दिन तयार रहेको बताएका थिए । अमेरिकालगायत विभिन्न मुलुकमा गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितलाई सङ्क्रमण मुक्त भइसकेका व्यक्तिको प्जाज्मा दिएर उपचार गरिएको पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार