मेलम्चीमा सुरुङ परीक्षणको काम स्थगित
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार १:३३:३०
काठमाडौं । दुई जना बेपत्ता भएपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको काम स्थगित गरिएको छ । मंगलबार आयोजनाको अम्बाथानस्थित आवश्यक गर्दा पानी फाल्न बनाइएको गेट खुलेर दुई जना बेपत्ता भएपछि सुरुङको परीक्षण गर्ने काम रोकिएको हो ।
मंगलबार दिउँसो सुरुङ गेटमा पानी चुहावट निरीक्षण गर्न गएका ४ जनालाई गेट फुटेर आएको पानीले बगाएको थियो । त्यसमध्ये २ जनाको उद्धार भएको छ भने दुई जना बेपत्ता छन् ।
चिनियाँ कम्पनीकातर्फबाट गेटको निरीक्षणमा गएका एकजना इन्जिनियर र आयोजनाका सवारी चालक मेलम्चीमा बेपत्ता भएका हुन् । घाइते दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
आज विहानको खाना खाएपछि उनीहरु सुरुङमा पानी चुहावटको अवस्था अध्ययन गर्न अम्बाथानको मुख्य सुरुङमा जान बनाइएको सुरुङ हुँदै फ्लसिङ गेटमा पुगेका बेला दुर्घटना हुँदा दुर्घटना भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए । दुई जना बेपत्ता भएपछि बाँधबाट सुरुङमा पानी हाल्न पूर्ण रुपमा रोकिएको बताएका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
अत्यधिक गर्मीले विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार