कोरोना प्रभावित क्षेत्र समेटेर मौद्रिक नीति ल्याउन काँग्रेसको सुझाव
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार २:५२:२२
काठमाडौं । नेपाली काँग्रेस ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक एवं पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटवार्ता गरेको छ ।
भेटमा कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेसागत समूह, उद्योगी/व्यवसायीहरुसँग समितिले गरेको छलफलपछि प्राप्त सुझाव बजेटले सम्बोधन गर्न नसकेको हुँदा आगामी मौद्रिक नीतिमार्फत प्रभावित क्षेत्रहरुलाई सम्बोधन गर्न सुझाव दिइएको छ ।
राष्ट्र बैंकले तय गर्ने ब्याजदर र सुविधाहरु बैंकमार्फत लगानीकर्तासम्म पु¥याउनुपर्ने र यसले रोजगारीलाई जोगाउँदै अर्थतन्त्रलाई चलायमान गराउन सकिने संयोजक डा महतले बताएको समितिका सदस्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।
यस असाधारण अवस्थामा यातायात, पर्यटन, शिक्षा, उद्योगलगायत रोजगारी सिर्जना गर्ने क्षेत्रहरु अनुकूल मौद्रिक नीति ल्याएमा कोभिड–१९ ले पारेको प्रभावलाई क्रमशः न्यूनीकरण गर्दै जान सकिने बारेमा डा महतले धारणा व्यक्त गरेका छन ।
प्रतिनिधिमण्डलमा काँग्रेस केन्द्रीय सदस्य एवं समितिका सदस्यद्वय एनपी साउद र डा चन्द्र भण्डारी, समितिका सदस्यहरु राजीवविक्रम शाह, नैनसिंह महर, डा पोषराज पाण्डे र डा प्रभु बुढाथोकी सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार