ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्न कांग्रेस नेता थापाको सुझाव
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार १५:१८:६
काठमाडौं । केपी शर्मा ओलीबाट देश र जनता सुरक्षित नभएको भन्दै प्रधानमन्त्री पदबाट बिदा गर्न कांग्रेस युवा नेता गगन थापाले नेकपाका नेताहरुलाई सुझाव दिएका छन ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा आफ्नो प्रतिक्रिया लेख्दै नेता थापाले प्रधानमन्त्रीको जिम्मेवार कुर्सीमा बसेर सत्ता जोगाउन गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक गर्ने ओलीलाई तत्कालै पदबाट बिदा गर्न नेकपाका नेताहरुलाई सुझाव दिएका हुन ।
प्रधानमन्त्री ओली पछिल्लोपटक भगवान राम नेपालमै जन्मेका र अयोध्या नेपालमै भनेको अभिव्यक्तिले विवादमा तानिएका छन । यसअघि उनी भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजेको अभिव्यक्ति दिएपछि सत्तारुढ नेकपामा बबण्डर मच्चिएको थियो । जुन अहिलेसम्म शान्त हुन सकेको छैन ।
एउटा अभिव्यक्तिले माहोल शान्त नभएको बेला अर्को अभिव्यक्ति दिएका ओलीको बोली र व्यक्तित्वमाथि नै प्रश्न उठेको छ । यसै विषयमा टिप्पणी गर्दै गगन थापाले ओलीबाट अब देश पार नलाग्ने भन्दै तकाल हटाउन नेकपाका नेताहरुलाई आग्रह गरेका छन ।
‘प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो’ गगन थापाले ट्वीटमा भनेका छन, ‘प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र१ नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।’
प्रधानमन्त्री ओलीको अयोध्या अभिव्यक्तिबारे कांग्रेस नेता थापाको टिप्पणी :
प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगका रूपमा लिएको पाएँ।
मेरो विचारमा- यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो। प्रमलाई राम्रोसँग थाहा छ, यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ।
त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई ‘कथित राष्ट्रवादी’ बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।
यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रस्ट पार्छ। आफ्नो लागि राष्ट्रिय स्वार्थसमेत दाउमा राख्ने प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।
यसलाई हल्का रूपमा नलिऔं। यस्ता योजनाबद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिऔं। प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो।
प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र! नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार