लकडाउनले समस्यामा परेका सीमान्तकृत परिवारलाई राहत
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार १८:१३:३९
सप्तरी । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आह्वान गरिएको लकडाउनले समस्यामा परेका सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–६ का २९ र तिलाठी कोइलाडी गाउँपालिका–५ का ३८ सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिको परिवारलाई राहत वितरण गरिएको हो । राजविराज र तिलाठी कोइलाडीमा सञ्चालित आयआर्जन कार्यक्रममा सहभागी २०/२० परिवार तथा राजविराज र तिलाठी कोइलाडीका क्रमशः ९ र १८ जना अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको हो ।
युकेएडको सहयोगमा भिएसओ नेपाल र समग्र जनउत्थान केन्द्र लहानको सहकार्यमा आयआर्जन कार्यक्रम सञ्चालित छ । राहत वितरणमा ३० किलो चामल, तीन किलो दाल, दुई लिटर खाने तेल, दुई/दुई किलो चिनी र नुन, चार थान नुहाउने साबुनसमेत रु दुई हजार आठ सय ८७ बराबरको खाद्यान्न वितरण गरिएको छ ।
भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जनउत्थान केन्द्र लहानले ६ महिनादेखि सीमान्तकृत समुदायमा आर्थिक सशक्तिकरण तथा आयआर्जनको अभियान शुरु गरेको छ । लैङ्गिक रुपान्तरण अभियानअन्तर्गत आर्थिक सशक्तिकरण तथा आयआर्जनसम्बन्धी अभियान सञ्चालन गरिएको समग्र जनउत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेलले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार