नसम्हालिएका केपी ओली शिथिल !
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार २०:५२:११
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओली पछिल्ला दिन अलि शिथिल छन् । वातै पिच्छे विवादमा तानिन थालेपछि ओलीको बोली मत्थर भएको छ । भानु जयन्तीको अवसरमा उनले मर्यादापुरुषोत्तम श्रीराम जन्मभूभि अयोध्याका बारे उनको विवादास्पद अभिव्यक्तिले ठूलै हंगामा मच्चायो ।
भारतीय पक्षले मात्र नभई नेपालमा समेत ओलीको बोली बेलगाम भएको भन्दै धेरैले आलोचना गरे । उनकै पार्टीबाट समेत चर्काे विरोध भयो । उपाध्यक्ष बामदेव गौतमले बेमौसमी बाजा बजाउने ओलीले भारतीय जनतासँग माफी नै माग्नुपर्ने बताए ।
यस भन्दा अगाडि पनि ओलीले नेपालको नयाँ नक्शा जारी गरेकाले भारत आफूसँग क्रुद्ध रहेकाले प्रधानमन्त्री पदबाट हटाउन खोजेको अभिव्यक्ति दिएका थिए । साथै, आफूलाई हटाउन पार्टी भित्रकै केही साथीहरु भारतको गोटी बनेको आरोपसमेत लगाएका थिए ।
उक्त बोलीले गर्दा पार्टी भित्र ओलीको ठूलो विरोध भएको थियो । सो घटना सेलाउन नपाउँदै फेरि बिना तथ्य प्रमाण रामचन्द्रको जन्मभूमि नेपालकै अयोध्यापुरी रहेको अभिव्यक्ति दिए । यहाँसम्म आइपुग्दा ओलीको मनोदशा शिथिल भइसकेको छ । हिजो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वार्ताका लागि बोलाएपनि उनले खुलेर कुरा गर्न सकेनन् । ओलीको निराशा र हतास मनस्थिति देखेर प्रचण्ड पछि कुरा गरौंंला भन्दै बालुवाटारबाट निस्किएका थिए ।
लगत्तै परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गर्नुप¥यो । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा खलल पार्ने उद्धेश्य नभएको भन्दै ओलीका तर्फबाट गलत भएको स्वीकार गरेको छ । आफ्नो बोली जताततै विवादमा पर्न थालेपछि हिजो साँझ उनले निकटस्थहरुसँग लामै छलफल गरको स्रोतले बताएको छ ।
ओलीका निकटस्थहरुले पनि थरि थरिका सुझाव दिने गरेका छन् । ओलीका निटस्थहरुमा पनि तीन थरि मानिस रहेका छन् । पहिलो समूहमा ओलीसँग विगत लामो समयदेखि दुखका साथी रहेका छन् । तिनमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ रहेका छन् । यो समूह पार्टी एकताका लागि आवश्यक पर्दा केही त्याग गर्नसमेत तयार रहनुपर्ने पक्षमा छ । पार्टी भित्रको विवाद अन्त्य गर्न सरकारको नेतृत्व त्यागेर पार्टीको कमाण्ड सम्हाल्न उनीहरुले सुझाएका छन् ।
ओलीलाई उनीहरुको सुझाव अहिले त्यति प्रिय लागेको छैन । प्रधानमन्त्री त्याग्दा पार्टी भित्र आफूविरुद्ध अझै षडयन्त्र हुुन सक्ने उनको ठम्याई छ । त्यसैले यो समूहको सुझाव ओलीले तत्कालका लागि मानेका छैनन् । अर्का थरिमा ओलीका सल्लाहकारमा पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङलगायत रहेका छन् । यो समूह भने ओलीले तत्काल दुबै पद त्याग्न नहुने तर व्यावहारगत रुपमा आफूलाई परिमार्जन भने गर्न पर्ने पक्षमा रहेको छ ।
ओली यो समूहको सल्लाहलाई अलि सिरियसली लिइरहेका छन् । तर असन्तुष्ट पक्षले भने कुनै एक पद त्याग्नै पर्ने अडान लिइरहेको अवस्था छ । ओलीका अर्का थरि सल्लाहकार भने हार्डलाइनर छन् । जसको नेतृत्व उपप्रधानमन्त्री इश्वर पोखरेलले गरेका छन् । उनको टिममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, गोकुल बाँस्कोटा लगायत रहेका छन् । यो समूहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत परोक्ष साथ रहेको छ ।
ओलीलाई पछिल्लो अवस्थामा धेरै नै काँध थापेको यो समूह विवादास्पद छवि बनाएकाहरु बढी रहेकाले धेरै प्रभावकारी छैनन् । तर ओली यही समूहको सल्लाह बढी रुचाउने गरेका छन् । तर अयोध्या प्रकरणमा भने ओलीले पहिलो समूहकै कुरा बढी सुनेका छन् । आफूले बोल्दा बिचार गर्नुपर्ने उनीहरुको सुझाव ओलीले मनन गरेका छन् । त्यसैले अब धेरै नबोल्ने प्रण हिजोको छलफलमा उनले गरेका छन् ।
तर नेपालीमा एउटा उखान छ– तित्राको मुखै बैरी । शिकारीबाट बच्न लुक्नुपर्नेमा तित्रो कराएकै कारण मारिने गर्छ । सोही हविगत भएको छ अहिले ओलीको । उनी आदतबाट मजबुुर छन् । अरुले दिएको सुझाव मान्ने उनको आदत छैन । त्यसैले भोलिबाट ओलीले गँजेडी गफ नगर्लान् भनेर पत्याउन मुश्किल छ ।
नेपालको राजनीतिक इतिहासमा सायदै यति बलियो सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए अरुले, जो नेकपा अध्यक्ष खड्गप्रसाद शर्मा ओली अर्थात कम्रेड केपीलाई जु¥यो । ओलीको काँधमा आएको यो ऐतिहासिक मौका अहिले नेकपाका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तो भएको छ ।
सबै मौका र अवसर केवल ओली मार्कालाई मात्र उपलव्ध छ । पार्टी भित्र चरम गुुटबन्दी र असन्तोष छ । पाएसम्म ओलीका अरिंगालले मात्रै हसुरेका छन् । आगामी महाधिबेशन र आम निर्वाचनमा आफ्ना पक्षका लाई जसरी भएपनि जिताउने एक मात्र ध्याउन्न ओलीको रहेको छ । त्यसैले गर्दा जतिसक्दो लुट्ने नीति बनाएका छन् ओलीले ।
कोरोना महामारीका बेलासमेत ओलीका अरिंगालले कमिसन र भ्रष्टाचार खुलेआम गरे । ओम्नी समूह होस् वा यति होल्डिङ यी ओलीका मितेरी साइनो नै गाँसेका व्यावसायिक समूह बने । यिनीहरुमार्फत अर्बाै रुपियाँको अनियमितता र भ्रष्टाचार ओलीको संरक्षणमा भए । त्यो नेपाल र नेपालीका निम्ति सबैभन्दा लज्जाको सन्दर्भ बन्यो ।
सबै विषयको ज्ञाता आफैं हुँ भन्ने भ्रमपूर्ण दम्भबाट ओली ग्रस्त छन् । त्यसैले जथाभावी बोल्दै छन्– राजनीतिक विश्लेषक पुुरञ्जन आचार्यले भनेका छन् । अल्प ज्ञान भयंकरम् भनेको यस्तै सनकी शासकमा हुने उनको ठम्याई छ । नेपाल र नेपाली जनताका अभिभावकका रुपमा रहेका प्रधानमन्त्रीकै यस्तो अभिव्यक्तिले समुचा विश्व ब्रम्हाण्डमा नेपालीको शीर निहुरिएको छ । सदियौंदेखिको स्थापित मान्यताको धज्जी उडाउने काम ओलीले गरेका छन् ।
जसको अर्थ भनेको उनी भारतसँग कुनै पनि हातलमा सहज सम्बन्ध बनाउन इच्छुक छैनन् भन्ने नै हो । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न जसरी भएपनि वार्ता र सम्बाद नै आवश्यक छ । तर ओलीका अभिव्यक्तिले त्यो सम्भावना पछाडि धकेलिंदै गएको छ । यसले कालान्तरमा नेपाललाई नै घाटा पुग्ने हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार