आर्थिक वर्षको अन्तिम दिन बुलिस आकृति बन्दै बजार बन्द, ईण्ट्राडे सकारात्मक
आर्थिक संवाददाता
असार ३१, २०७७ बुधबार २२:१५:१६
३१ असार, काठमाडाैं । आर्थिक वर्ष ०७६/७७ को अन्तिम दिन आज शेयर बजारमा दोश्रो दोहोरो अंकको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक १४ दशमलव ९० अंकले वृद्धि हुँदै १३६२ दशमवल ३४ को विन्दुमा बन्द भएको छ । दोश्रो बजार १ दशमलव ११ प्रतिशतले वृद्धि हुँदा १ अर्ब १६ करोड माथिको शेयर कारोवार भएको छ । आज १८९ कम्पनीका ३२ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएका थिए ।
आज धेरै कारोवार दिनसम्म पनि तोड्ने नसकेको १३५० को विन्दुलाई बजारले तोडेको छ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । आज बजार १३४७.८९ को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु पनि त्यही रहेको छ । त्यस्तै बजारको उच्च विन्दु १३६७.८३ रहेको छ । बजारले आज १ बजेर २८ मिनेटमा उच्च विन्दु समातेको थियो । त्यसपछि केही बिक्रीकर्ता हावी भएको बजारमा अन्तिम ३० मिनेटपछि भने बजारले पुन माथिल्लो दिशा समातेको थियो । आजको बजारको ईण्ट्राडे प्रवृत्तिलाई सकारात्मक मानिन्छ।
आज एनआईसी एशिया बैंक लिमिटेडको शेयर सर्वाधिक कारोवार भएको छ । एनआईसी एशिया बैंकको १० करोड ४० लाखको शेयर किनबेच भएको छ भने दोश्रोमा नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख बराबारको शेयर कारोवार भएको छ।
एनआईसी एशिया लघुवित्तको बजार मूल्य सर्वाधिक ९ दशमवल ९२ प्रतिशतले वृद्धि भएको छ भने मिथिला लघुवित्तको शेयर मूल्य ५ दशमलव ४५ प्रतिशतले घटेको छ ।
आज बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा २ दशमवल १६ प्रतिशतको वृद्धि देखिएको छ। आज होटल, उत्पादन तथा प्रसोधन, लघुवित्त र जीवन बीमा उपसुचकमा मात्र गिरावट आएको छ।
प्राविधिक बिश्लेषण :
आज बजार बढ्दो प्रवृत्तिमा रहेको र १३६२ को प्रतिरोधलाई सामना गरिरहेको देखिन्छ । आजको बजार प्रवृत्तिले बुलिस मैनबत्ती आकृति बनाएको छ । यसले बजारमा क्रेताको चाप रहेको जानकारी गराएको छ।
दैनिकी अवधिमा “आरएसआई” ५४ दशमलब ८५ को बिन्दुमा छ । यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक रहेको जानकारी दिएको छ ।
“एडीएक्स” ले बजार सामान्य रहेको तर जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप रहेको जानकारी गराएको छ।
“अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप हुन थालेको जानकारी गराएको छ । नेप्से बढेमा पहिलो प्रतिरोध १३६७ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३५० को क्षेत्रमा पाउने देखिन्छ।
नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार