भोलिदेखि साझाका २६ वटा बस चल्ने, यात्रुलाई मास्क अनिवार्य
नेपालबहस संवाददाता
असार ३१, २०७७ बुधबार २२:५५:५५
काठमाडौं । साझा यातायातले बिहीबारदेखि प्रारम्भिक चरणमा २६ वटा बस सञ्चालन गर्ने भएको छ। साझाले यसअघि बस चल्दै आएका ८ वटा रुटमा सेवा सुरु गर्न लागिएको जनाएको छ।
साझाका २६ वटा बसले साउन १ अर्थात् भोलिदेखि ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । कोरोना संक्रमणको जोखिमकै बीच सरकारको निर्णयअनुसार सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनको भनाइ छ।
लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा साउन १ देखि बस चल्नेछन् । यात्रु तथा चालकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले तोकेका सबै मापदण्ड पालना गरिने साझाले जनाएको छ।
यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ। बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत दूरी कायम गरेर बस्न पनि आग्रह गरिएको पाण्डेयले जानकारी दिए। यात्रुको चाप हेरेर आवश्यकता अनुसार रुटहरुमा बस थप्दै लैजाने योजना साझाले बनाएको छ।
चैत ११ देखि बन्द रहेका सार्वजनिक यातायात काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्र चलाउन दिने निर्णय सरकारले गरेको थियो। असार २६ गतेदेखि सार्वजनिक यात्रुबाहक बस र ट्याक्सी चलाउन दिने निर्णयअनुसार गत आइतबारदेखि चक्रपथ परिक्रमा गर्ने गरी विभिन्न कम्पनीका बस चल्न थालेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
चितवन कांग्रेसले पुःन सुरु गर्यो १०० दिने अभियान
मंसिर १, २०८१ शनिबार
कर दिवसमा विभिन्न कार्यालयका १० कर्मचारी सम्मानित
मंसिर १, २०८१ शनिबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार