भोलिदेखि अनलाईन पठनपाठन बन्द गर्ने निजी विद्यालय सञ्चालकको निर्णय
नेपालबहस संवाददाता
असार ३१, २०७७ बिहिबार ०:१३:४६
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन । प्याब्सन, एनप्याब्सनले भोलि बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय गरेका हुन ।
सरकारले साउन १ गतेदेखि स्कुलमा पठनपाठन गराउने तयारी गरेको छ । तर निजी विद्यालयले भने त्यसको विरोधमा विद्यालय बन्द गरेको घोषणा गरेका छन । विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप बन्द गरिएको प्याब्सन, एनप्याब्सनले जनाएका छन ।
बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदामा राख्ने निर्णय गरिएको प्याब्सन र एनप्याब्सनको भनाई छ । सरकारकै योजनाअनुसार निजी विद्यालयहरुले पनि अनलाइन, रेडियो र टेलिभिजनका माध्यमबाट असार १ गतेदेखि वैकिल्पक कक्षा सञ्चालन गर्दै आएका भएपनि त्यो प्रभावकारी थिएन ।
त्यसबेला देखि नै आफूले शुल्क असुल्न पाउनुपर्ने माग गर्दै आएका उनीहरु सरकारसँग विभिन्न माग राख्दै आन्दोलन गर्ने चेतावनी दिदै आइरहेका थिए । तर सरकारले समन्वय गरेर त्यो चेतावनी बेवास्ता गर्दै आएका थियो । यसअघि गएको हप्ता पनि उनीहरुले यस्तै चेतावनीपूर्ण सन्देश दिएका थिए । पछि मन्त्रालयसँगको वार्ता सकारात्मक भएपछि त्यो निर्णय फिर्ता लिएका थिए । तर यसपटक भने अनलाईन कक्षा बन्द गर्ने निर्णय गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार