शहीद दिलकाजी–इन्दिरा कार्कीको स्मृतिमा वृक्षारोपण
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार १४:११:५७
खोटाङ । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पत्तिको स्मृतिमा खोटाङको दिक्तेलस्थित मुडेमा वृक्षारोपण गरिएको छ । ‘शहीद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को आयोजनामा शहीद कार्की दम्पत्तिको १९ औँ स्मृति दिवसको अवसर पारेर बुधबार मुढेमा निर्माणाधीन शहीद पार्क परिसरमा वृक्षारोपण गरिएको हो ।
विसं २०५९ असार ३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीको गोली लागेर कार्की दम्पत्तिको मृत्यु भएको थियो । घटनाका प्रत्यक्षदर्शी तथा तत्कालीन नेकपा माओवादीका नेता कार्यकर्ताका अनुसार दिलकाजीलाई गिरफ्तारपछि मारिएको थियो । दिलकाजीसँगै गिरफ्तारमा परेकाे उनकी श्रीमती इन्दिरा पनि सोही ठाउँमा मारिएकी थिइन् । दिलकाजी कार्कीलाई खोटाङको जनयुद्धको अभिभावक मान्ने गरिएको छ ।
शहीद दिलकाजी र अर्का शहीद ठूलकुमार श्रेष्ठको नाममा खोटाङमा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल’ गठन गरिएको छ । खोटाङका ७२ जना जनयुद्धका शहीदको सम्झनामा दिक्तेलस्थित मुडेमा शहीद पार्क निर्माण शुरु गरिएको छ । दिक्तेलस्थित भवनगैरामा निर्माणाधीन प्रतिष्ठानको भवनको भुइँतलाको काम भइरहेको छ । साविकको नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय रहेको स्थानमा निर्माणाधीन भवनका लागि प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार