सशस्त्र प्रहरीसँग आफ्नो भवन नहुँदा समस्या
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार १५:५०:३५
बैतडी । बैतडीमा रहेको सशस्त्र प्रहरीसँग आफ्नो भवन नहुँदा समस्या भएको छ । तीन वर्ष अगाडि स्थापना भएको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीलाई आफ्नो भवन नहुँदा समस्या भएको हो ।
सशस्त्रको गुल्म हाल अस्थायीरुपमा सहकारी डिभिजन कार्यालयको भवनमा बसिरहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताए । उनले भने, “जग्गा प्राप्त नहुँदा आफ्नो भवन निर्माण गर्न सकिएको छैन ।”
दशरथचन्द नगरपालिकालाई जग्गाका लागि अनुरोध गरिएको भए पनि हालसम्म पनि उपलब्ध हुन सकेको छैन । सशस्त्र गुल्मका लागि कम्तीमा पनि १५ रोपनी जमिन आवश्यक पर्ने भए पनि हाल सहकारी डिभिजन कार्यालयको दुई रोपनी १३ आनामा बस्न बाध्य भएको छ । बस्नका लागि ठाउँ अभाव हुँदा तालिमलगायत कामकाजमा समस्या हुने गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ ।
विस २०७५ मा स्थापना भएको गुल्ममा हाल १५० सशस्त्र प्रहरी कार्यरत रहेका छन् । यस्तै जग्गा प्राप्त नहुँदा गत जेठ १० गते झुलाघाटमा स्थापना भएको बिओपी पनि भाडाकै भवनमा बसिरहेको छ । यसका साथै गत असार १६ गते पञ्चेश्वरमा स्थापना भएको बिओपीको लागि भने पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा गुल्मको नाममा सिफारिस गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार