भोलि नेकपाको स्थायी कमिटी बैठक बस्ने सम्भावना कति ?
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार १६:८:४
काठमाडौं । झण्डै दुई हप्ताको रस्साकस्सीपछि सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक भोलिका लागि तय भएकाे छ । गएको हप्ता नै साउन २ गते अर्थात भोलिसम्मका लागि सारिएको बैठक बस्ने वा नबस्ने अहिलेसम्म टुंगो छैन । त्यसमाथि हिजाे बुधबार ओली र प्रचण्डबीचको वार्ता पनि सकारात्मक भएन । वार्ता आज पनि बस्दैछ ।
यस्ता वार्ता हुन थालेको दुई हप्तै भएपनि दुई तिहाई सरकारको नेतृत्व गरेको नेकपा भने ठूलो अन्यौलमा छ । खासगरी ओली र प्रचण्डमा सत्ताको लोभ पलाएकै कारण पार्टीभित्र भद्रगोल मच्चिएको छ । यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार फेरि एकपटक अस्तित्व रक्षामा छ भने प्रचण्ड ओलीको उट्पट्याङ बोलीलाई लिएर बार्गेनिङ गरिरहेका छन् ।
असारभरी बस्न नसकेको स्थायी समिति बैठकमा एजेन्डाको ताती लामै छ । तर सत्तारुढ नेताहरुको ध्यान कुर्सी खोस्ने र जोगाउनेमा नै केन्द्रित छ । यसबीचमा बाढी पहिरोका कारण मात्रै झण्डै १०० जनाको ज्यान गइसकेको छ । तर उनीहरु कसैलाई पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । सुरक्षाकर्मीको दलबलमा उद्धारको प्रयास भएपनि सरकारले आवश्यक प्राकृतिक विपद्को पूर्वतयारी गर्न नसक्दाको परिणाम अहिले भयानक देखिएको छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान कुर्सी जोगाउनतिर मात्रै केन्द्रित छ । एकहप्ता अघि पटक पटक बस्न नसकेको बैठक साउन २ गतेसम्मका लागि सारिएपनि चौबिस घण्टाअघिसम्म बैठक बस्ने कुनै गुन्जायस छैन् ।
खासगरी प्रधानमन्त्री ओली तानाशाही शासनको रिहर्सल गर्न खोजिरहेका छन । सत्तारुढ दलको अध्यक्ष र प्रधानमन्त्री एकैपटक खाएका ओली अझै केही बर्ष पद छाड्न तयार छैनन् । तर अर्का अध्यक्ष प्रचण्ड भने कुनै हालतमा ओलीलाई एकछत्र राज गर्न दिन तयार देखिएका छैनन् ।
औलीको एकलौटी पारा मन नपराएका प्रचण्ड यसपटक ओलीलाई जसरी पनि दुईमध्ये एक पदबाट च्युत गर्न चाहन्छन । यसअघि स्थायी कमिटी बैठकमा त्यो लय ल्याएका प्रचण्डलाई ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरिदिएर चिसोपानी खन्याईदिए ।
आफूलाई लगातार पेल्न खोजे नेकपा नै फुटाएर पूर्वएमाले गठन गर्ने धम्की ओलीले दिइसकेका छन् । त्यही धम्कीपछि प्रचण्ड केही मत्थर देखिएका छन । नेकपाका अधिकांश नेताहरुले ओली र प्रचण्डबीचको टकराव उत्कर्षमा पुगेर पनि एककदम पछि हटेकाले पार्टी नफुट्नेमा ढुक्कता प्रकट गरिरहेका छन् । तर यसै भन्न सकिने अवस्था भने छैन ।
त्यसको खास दृश्य भोलिदेखि फेरि देखिनेछ । यसर्थ, स्थायी कमिटी बैठक बसेर ‘नेकपा जेट’ ले सहजै आफ्नो यात्रा तय गर्ला वा फेरि पाइलटबीचकै आन्तरिक टकरावले दुर्घटनातर्फ उन्मुख होला ? हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार