बन्दै ताराखोलामा मगर बहुसाँस्कृतिक सङ्ग्रहालय
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार १८:१०:१३
बागलुङ । ताराखोला गाउँपालिकामा मगर बाहुल्य बसोबास छ । मगर जातिका अनेक परम्परा, रीतिथिति र पर्व यहाँका सांस्कृतिक धरोहर हुन् । करिव ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगर समुदायले ताराखोलामा थातथलो बसाएका थिए । तिनै पूर्वजले बसाइँसराइ गरी आउँदा भित्र््यएका पर्व र मेला अहिले पनि चल्तीमा छन् । ऐतिहासिक भुस पोल्ने, भदौरे सिस्नो खोस्ने लगायतका पर्व, अनि असारे र बर्खे मेला आदि ताराखोलाका मौलिक संस्कृति हुन् । दशैँ, तिहार जस्ता अन्य समुदायलेसमेत मनाउने ठूला चाडपर्वसँगै थुप्रै मौलिक पर्व, मेला र संस्कृतिमा यस समुदाय रमाउँछन् ।
हरेक पर्वका आआफ्नै परम्परा र विशेषता छन् । पुरानो पुस्ताले जोगाएको रैथाने संस्कृति जेनतेन धानिएको छ । संरक्षण र पुस्तान्तरण नहुने हो भने परम्परा लोप हुने खतरा छ । भविष्यमा यी चाडपर्व र मेला के हुन्छन् भन्ने चिन्ता छ । गाउँपालिकालाई समेत यस विषयले झक्झकाएको छ । मौलिक कला, संस्कृतिको उत्थान र जगेर्नामा गाउँपालिकाले प्राथमिकता दिएको छ । “बृहत् उद्देश्यका साथ बहुसाँस्कृतिक सङ्ग्रहालय बनाउने योजना अघि बढेको छ”, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने ।
परापूर्वकालदेखिको समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी सङ्ग्रहालय बन्ने उनको भनाइ छ । सङ्ग्रहालय निर्माणका लागि गाउँपालिकाले आउँदो आवमा रु. २५ लाख बजेट विनीयोजन गरेको छ । सङ्ग्रहालयका लागि वडा नं. २ अर्गलमा जग्गा व्यवस्थापन भइसकेको छ । प्रदेश र सङ्घ सरकारबाटसमेत लगानी जुटाएर यही वर्ष संरचना तयार गरिने उनले जानकारी दिए । सङ्ग्रहालय भवन दुईतले हुने छ ।
”पहिलो तलामा पुरातात्विक महत्वका वस्तु र परम्परागत सामग्री सङ्ग्रह गरिनेछ”, अध्यक्ष घर्तीले भने, “दोस्रो तलामा राजनीतिक परिवर्तनको आन्दोलनमा ताराखोलाले पुर्याएको योगदान समेटिएका तस्वीर, वृत्तचित्रजस्ता सामग्री राख्ने योजना छ ।”सङ्ग्रहालयले सिङ्गो गाउँपालिकाको इतिहास, कला, संस्कृतिका साथै ताराखोलामा रहेका सबै जातिय समुदायको पहिचानको प्रतिनिधित्व गर्ने जनाइएको छ । सङ्ग्रहालयलाई पछि साँस्कृतिक अध्ययन, अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने सोच गाउँपालिकाको छ । बहुसाँस्कृतिक सङ्ग्रहालयले ताराखोलालाई नयाँ चिनारी दिने शिक्षक र एवं मगर अगुवा बिर्बलाल घर्तीमगरले बताए ।
“यो अत्यावश्यक थियो, गाउँपालिकाले स्वागतयोग्य कामको थालनी गरेको छ”, उनले भने, “सङ्ग्रहालयले युवा पुस्तालाई हाम्रो इतिहास र संस्कृतिबारे बुझ्न, अनुसन्धान गर्न सघाउँछ ।” साँस्कृतिक भावना र एकतालाई सुदृढ तुल्याउन पनि त्यसबाट टेवा पुग्ने उनको भनाइ छ । मगर भाषा तथा संस्कृति सम्वद्र्धन समितिका सचिवसमेत रहनुभएका उनले आदिवासी, जनजाति समुदायका लोपोन्मुख संस्कृतिको संरक्षणमा स्थानीय तहले अग्रसरता लिनुपर्ने बताए । संस्कृतिसँग जोडिएका कलागत सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनको जोड छ । बागलुङ नगरपालिका–७ रेश, गलकोट नगरपालिका–३ हटियालगायतका ठाउँमा पनि सङ्ग्रहालय निर्माणका लागि काम अघि बढाइएको छ । जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा भने यसअघि नै सङ्ग्रहालय तयार भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार