बालुवाटारमा त्रिपक्षीय वार्ता : प्रचण्ड, ओली र माधव नेपालबीच छलफल शुरु
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार १९:३०:२२
१ साउन, काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधान गर्न बालुवाटारमा त्रिपक्षीय छलफल शुरु भएको छ । भोलि स्थायी कमिटी बैठक डाक्ने र सहमति खोज्ने हिसाबले प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरु भएको हो ।
दुई हप्तासम्म पनि प्रचण्ड र ओलीबीच लगातार वार्ता भएपनि सहमति जुट्न सकेको थिएन । दुई अध्यक्ष मिलेर आफूलाई फेरि कर्नरमा पार्ने खोजेको भन्दै बरिष्ठ नेता माधव कुमार नेपाल असन्तुष्ट थिए ।
माधव नेपालको असन्तुष्टीका साथै चुरो कुरामा विवाद लम्ब्याउनुभन्दा समाधान खोज्न आवश्यक ठानेर तीन नेताबीच वार्ता शुरु भएको नेताहरुले बताएका छन ।
नेकपामा प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेका छन । तर ओलीले कुनै हालतमा राजीनामा नदिने अडान लिएपछि शुरु भएको विवाद मत्थर भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार