नेकपामा ओलीको एकछत्र राज, असन्तुष्टहरु निरीह
इन्द्र रिजाल
साउन १, २०७७ बिहिबार २०:१५:५९
१ साउन, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र चर्किएको सत्ता विवादले अस्थायी युद्धविराम गर्ने संकेत गरेको छ । तर यसका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई असन्तुष्ट नेताहरुले फेरि उही हालतमा व्यहोर्नुपर्ने भएको छ ।
असार १० गतेबाट जारी स्थायी कमिटी बैठकले ओलीमाथि कारवाही गर्ने सम्भावना बढेपछि परिस्थितिले कोल्टे फेरेको हो ।ओलीलाई दुवै पदबाट घोक्र्याउने पक्षमा शीर्ष नेताहरु अगाडि बढेपछि पार्टी विभाजनको संभावना तीव्र भएको थियो । प्रधानमन्त्री ओली असन्तुष्टहरुसँग राम्रैसँग भिड्न कम्मर कसेर मैदानमा ओर्लिएपछि परिस्थिति नयाँ मोडमा पुगेको थियो । विभाजनबाट जोगाउने नाममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग वान टू वान डाइलग गरे । श्रृंखलाबद्ध रुपमा भएका सम्वादले ओलीलाई गलाउन नसकेपछि अन्ततः प्रचण्ड र माधव नेपाल पक्ष नै घुँडा टेक्न बाध्य भएका छन् ।
पटक पटक भएका वार्तामा ओली दुुवै पदबाट राजीनामा नदिन चट्टानी अडानमा टसका मस भएनन् । पार्टीले कारवाही गरे ओलीले विभाजन नै गर्ने प्रष्ट बताएपछि असन्तुष्ट पक्षले हतियार बिसाउने संकेत गरेको छ । दुवै पक्षले एक अर्कालाई थकाउने अभिप्रायले वार्ता लम्ब्याउने रणनीति बनाए । यसैक्रममा पछिल्लो पटक स्थायी कमिटी बैठक एक सातालाई स्थगन गरिएको थियो । भोलि अर्थात साउन २ गते स्थायी कमिटी बैठक बस्ने दिन नजिएपछि असन्तुष्ट पक्षले युद्धविराम गर्न उचित ठानेको हो ।
हिजो ओली र प्रचण्डबीच भएको वार्ताले पनि कुनै निकास नदिएपछि फेस सेभिङका लागि नयाँ प्रस्ताव प्रस्तुत भएको छ । प्रचण्डले ओलीसमक्ष पेश गरेको नयाँ प्रस्तावमा नौ वटा बुँदा समेटिएका छन् । ओलीलाई दुवै पदमा स्वीकार्न तयार भएको संकेत मिलेकाले प्रचण्डका नयाँ प्रस्तावलाई सिरियस्ली लिइएको वालुवाटार स्रोतको दावी छ । प्रचण्डले राखेका नयाँ माग फेस सेभका लागि भएको ओलीले राम्रो बुझेका छन् । त्यसले ओली पनि त्यसमा छलफल गर्न राजी भएका हुन् ।
जसमा पहिलो माग नयाँ चरणको वार्तामा अर्का नेता माधवकुमार नेपाललाई समेत सहभागी गराउने रहेको छ । सो माग पूरा गर्न ओली तयार भएकाले अहिले बालुवाटारमा तीन शीर्ष नेता छलफलमा जुटेका हुन् । नेता नेपाललाई समेत सहमत गराएर अगाडि बढे आफू ओलीलाई स्वीकार्न तयार भएको प्रचण्डको भनाई रहेको छ ।
आज जारी त्रिपक्षीय वार्तामा ओलीले माधवलाई कन्भिन्स गर्न सके तत्कालका लागि उनीमाथिको संकट टर्ने देखिन्छ । तर दुवै पदमा ओलीको रजगज कायमै रहने अवस्थालाई माधवले कत्तिको स्वीकार्ने हुन्, त्यो चाहिं जारी वार्ता सकिएपछि मात्रै थाहा होला । यदि त्यस्तो अवस्था आयो भने नेकपामा ओली राज अझै अधिनायक बन्ने खतरा रहन्छ । चरम अल्पमतमा रहेपनि ओली नै आक्रमक हुने अवस्था आउनु भनेको उनी कार्यकारी प्रमुखमा रहनु नै हो । ओलीले पनि यो कुरा राम्रो बुझेका छन् ।
अनुकुलको राष्ट्रपति भएकाले ओलीले प्रधानमन्त्री पद कुनै पनि हालतमा छाड्नेवाला छैनन् । त्यसैले माधव–प्रचण्डले उनलाई पार्टी अध्यक्षबाट राजीनामा गराउन सहमत गराउन सके भने पनि ठूलै उपलव्धि हुने अवस्था छ । त्यसका लागि जारी वार्ताको निश्कर्ष प्रतीक्षा गर्नु आवश्यक छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार