ओलीसँग कुरा मिलेन, स्थायी कमिटी बैठक के गर्ने भन्ने अन्योल
कुसुम सेञ्चुरी
साउन १, २०७७ बिहिबार २१:४३:३५
१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताबीच आज बालुवाटारमा भएको भेट बिना निश्कर्ष टुंगिएपछि भोलिका लागि निर्धारित स्थायी कमिटी बैठक के गर्ने भन्नेबारे नेताहरु अन्यौलमा छन् ।
गत असार १८ गतेदेखि स्थगित स्थायी कमिटी बैठक लगातार अवरुद्ध छ । यसको मुलकारण भनेको प्रधानमन्त्री केपी ओलीलाई राजीनामाका लागि सहमत गराउनु हो । पटक पटक भएका सम्वादले कुनै निश्कर्ष दिन सकेन । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीको एक्लाएक्लै भएको वार्ताले निकाश नदिएपछि सहमतिका लागि लचकता अपनाउने मनस्थितिमा उनी पुगेका थिए ।
सोही अनुरुप प्रचण्डले हिजो भएको वार्तामा ओलीलाई विभिन्न ९ बुँदे विकल्प सुझाएका थिए । सो विकल्पमा ओली सहमत हुने सम्भावना बढेपछि प्रचण्डले नेता माधवकुमार नेपालसहित वार्तामा बस्ने बताएका थिए । साँझ दुवै नेताले यसबारे गहन छलफल गरे । साथै, बिहानै सचिवालयका अन्य सदस्यहरुसँग प्रचण्ड निवासमा अनौपचारिक मिटिङ गर्ने सहमति भएको थियो ।
सोही बमोजिम बिहान ८ बजे प्रचण्ड निवासमा भेला भएका सचिवालय सदस्यहरुले प्रचण्ड र नेपालको विकल्पमा सहमति जनाएनन् । बरु दुवै जनाले एकमुख भएर ओलीको राजीनामा माग्नै पर्ने निश्कर्ष निकाले । दुई मध्ये एक पद त्याग्ने विकल्पमा सहमति भए प्रधानमन्त्री चाहिं त्याग्नै पर्ने धारणा अधिकांश सचिवालय सदस्यहरुको रहेको थियो । बरु आवश्यक परे भोलिको सचिवालय बैठक एक हप्ता अझै स्थगित गर्ने तर ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा गराउन जसरी भएपनि सहमत गराउने रणनीति त्यहाँ बन्यो ।
ओलीलाई स्वीकार्न नसकिने पक्षमा वरिष्ठ नेता झलनाथ खनाल अलि कडै रुपमा प्रस्तुत भएको खुमलटार स्रोतले बतायो ।कम्रेड जेएन त ओलीलाई अहिले पदमुक्त गराउन नसके नेकपा नै विघटन हुने बरु पार्टी फुटाएर गए ओलीलाई रोक्न नहुने तर्क राखे – स्रोतले भनेको छ । अधिकांश सचिवालय सदस्य ओलीसँग यथास्थितिमा सम्झौता गर्न नहुने पक्षमा देखिएपछि हिजोको प्रस्तावबाट प्रचण्ड पछाडि हटेका थिए ।
कुरा नमिलेपछि आजको बैठकमा पनि यसअघिको जस्तै ओली र प्रचण्ड – नेपाल पक्षबीच आ आफ्नो अडान यथावत रह्यो । करिब दुई घण्टा वार्ता गर्दा पनि कुनै निकाश नआएपछि वार्ता स्थगित भएको छ । ओलीको बटमलाइन पुरानै भएकाले सहमति हुने कुरै भएन भन्दै नेता नेपालले अब स्थायी कमिटी फेस गर्न चुनौती समेत दिएका छन् ।
तर प्रचण्ड भने अझै पनि ओलीलाई कारवाही गरेर जान नसकिने पक्षमा अडिग छन् । किनभने विभाजित पार्टीको अध्यक्षका रुपमा नेता नेपाल र झलनाथले आफूलाई अस्वीकार गर्नसक्ने उनको ठम्याई छ । त्यसका लागि भोलिको स्थायी कमिटी केही दिन धकेल्न उनी चाहन्छन् । त्यसका लागि अहिले सचिवालय सदस्यहरुसँग फेरि अनौपचारिक छलफल गर्ने तयारी भइरहेको बुझिएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार