नयाँ आर्थिक वर्षमा नयाँ उत्साह, नेप्से परिसूचकमा उछाल ! कहाँ निर छ सामान्य प्रतिरोध ?
आर्थिक संवाददाता
साउन १, २०७७ बिहिबार २१:५३:१९
१ साउन , काठमाडाैं । आर्थिक वर्ष ०७७/७८को पहिलो कारोवार दिन शेयर बजारमा आकर्षक वृद्धि देखिएको छ ।बिहीबार नेप्से परिसूचक ३२ दशमलव ४२ अंकले वृद्धि हुँदै १३९४ दशमवल ७७ को विन्दुमा बन्द भएको छ । दोश्रो बजार २ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदा १ अर्ब ४ करोड माथिको शेयर कारोवार भएको छ । आज १८० कम्पनीका २९ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएका थिए ।
आजको बजार “ईण्ट्राडे हाई” क्षेत्र नजिकै बन्द भएको छ । आजको बजारको उच्च विन्दु २ बजेर ३४ मिनेटमा १३९५.८३ छ भने बजार १३९४.७७ को विन्दुमा बन्द भएको छ। यसको मतलब बजारको आज गति सकारात्मक रहेको छ । आज बजारले ११ बजेर १ मिनेटमा न्यून विन्दु समातेको थियो । त्यस पश्चात भने बजार घट्न मानेको थिएन । आजको उच्च र न्यून विन्दुलाई हेर्दा आजको बजारको ट्रेन्ड सकारात्मक रहेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोवार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४२ लाखको शेयर किनबेच भएको छ भने दोश्रोमा एनएमबी बैंकको ८ करोड २८ लाख बराबरको शेयर कारोवार भएको छ ।
एनआईसी एशिया लघुवित्तको बजार मूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ भने ओरियनटल्स होटल्सको शेयर मूल्य ६ दशमलव ३८ प्रतिशतले घटेको छ ।
टेवा र प्रतिरोध विन्दुहरु :
प्राविधिक विश्लेषण :
आज बजार बढ्दो प्रवृत्तिमा रहेको र १३६२ को बलियो प्रतिरोधलाई निश्चित रुपमा तोडेको देखिन्छ । आजको बजार प्रवृत्तिले बुलिस मैनबत्तीको चित्र बनाएको छ।
यसले बजारमा क्रेताको चाप रहेको र अर्को कारोबार दिन पनि बजार बढ्न सक्ने जानकारी गराएको छ । दैनिकी अवधिमा “आरएसआई” ५८ दशमलब ५७ को बिन्दुमा छ । यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक रहेको जानकारी दिएको छ ।
“एडीएक्स” ले बजार सामान्य रहेको तर जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप रहेको जानकारी गराएको छ । “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप भएको जानकारी गराएको छ । नेप्से बढेमा पहिलो प्रतिरोध १४३० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३५० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार