श्रमजीवी पत्रकार विरोधी कदम रोक्न माग

नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार २१:५३:२८

काठमाडौं । नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालिअन्तर्गत प्रकाशित ‘अन्नपूर्ण पोष्ट’ दैनिक, केन्द्रीय कार्यालयमा कार्यरत श्रमजीवी पत्रकारलाई जागीरबाट हटाउने उद्देश्यले सरुवा गरिएको भनी नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ ।
विश्वभरि फैलिएको कोभिड–१९ को समेत ख्याल नगरी गलत मनसायबाट अन्नपूर्ण पोष्टमा कार्यरत विकास कार्कीलाई कैलाली, विश्वराज खनाललाई इलाम, सुशील पोखरेललाई दार्चुला, डिल्लीराज उपाध्यायलाई हुम्ला, दीपकराज घिमिरेलाई रोल्पा र गोविन्द देवकोटालाई मनाङ सरुवा गरिएकामा महासङ्घले असहमति जनाएको छ ।
“गलत मनसायबाट गरिएको सरुवा तीन दिनभित्र बदर गरी पूर्ववत् काममा नफर्काए एवं शतप्रतिशत तलबसहित श्रमजीवी पत्रकार ऐनअनुसार सेवासुविधा भुक्तानी नगरिए आगामी आइतबार महासङ्घले श्रमजीवी पत्रकारको बृहत् उपस्थितिसहित अन्नपूर्ण पोष्ट घेराउ गर्दै कठोर आन्दोलन घोषणा गरिने स्पष्ट पार्न चाहन्छौँ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासङ्घले गत असार ३ गते पत्रकारलाई पूरा तलब दिन, बेतलबी बिदामा बस्न बाध्य नपार्न र राजीनामा दिन बाध्य पार्ने कार्य तत्काल रोक्न गरिएको आग्रहलाई पूर्ण बेवास्ता गरिएकामा आपत्तिसमेत प्रकट गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार