किन हुन्छ नेपालमा मात्र हिन्दू धर्ममाथि निरन्तर प्रहार ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार २१:५४:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/yagya-bhatrai_tz3FcShGZT.jpg)
नेपाललाई धार्मिक अतिवादको शिकार बनाउने र छिमेकी मुलुकसँगको सम्बन्धमा चिसोपना ल्याई राख्ने योजनामा पश्चिमा मुलुकहरु अहोरात्र खटिरहेका छन् । बिगतमा नेपालमा हिंसात्मक राजनीतिक गतिविधि चलाएर आफ्नाे दर्बिलो उपस्थितिको बलियो आधार बनाएका हिन्दू धर्म बिरोधी पश्चिमा क्रिश्चियन मुलुकहरुका पादरीहरु फेरी नेपालमा धार्मिक द्वन्द्धमार्फत पुनः आफ्नाे उपस्थिति बढाउन चाहिरहेको देखिन्छ ।
देशमा बिद्यमान रहेका राजनीतिक दलहरु र तिनै दलका सारथीहरुमा पश्चिमा मुलुकका हरियो डलरको अचाक्ली आशक्तिका कारण विदेशीहरु नेपालका नेताहरु र देशकै स्थायी सरकारका रुपमा रहेका केही नाम मात्रका राष्ट्रसेवकहरुलाई सजिलै खरिद गर्न र यिनीहरुमार्फत आफ्नाे अभिष्ट सजिलै पुरा गराउन सकिन्छ भन्ने ध्याउन्नमा पश्चिमा मुलुकहरु रहेका देखिन्छन् ।
नेपाली जनताको अथक प्रयासपछि देशमा बनेको स्थिर सरकारले देशमा कुनैपनि प्रकारको राजनीतिक तथा धार्मिक अस्थिरता निम्त्याउने कुरामा कसैले सोच्ने कुरा पनि भएन ।ओछ्यानमा पल्टिएर छिमेकीको लगातारको मानमर्दनको अभियानले फोश्रो राष्ट्रवादीको पगरी गुथ्न भ्याएको नेपालको अवसरवादी नेतृत्वले यदि छिमेकीको कुदृष्टि आफ्नाे देशमा पर्यो भने त्यसले आफ्नाे देशका नागरिकलाई कतिसम्म समस्यामा पार्न सक्छ ? भन्ने कुराको हेक्का त रामै्सँग राखेको हुनुपर्छ ।
कहिले जातियताका नाममा त कहिले भूगोलका नाममा, कहिले भाषाका नाममा त कहिले धर्मका नाममा नेपाली जनताका आस्थाका आधार धार्मिक रितिथिति र परम्परालाई तहसनहस पार्दै नेपालीको धार्मिक आस्थामा प्रहार गर्न लालायित पश्चिमा क्रिश्चियन मुलुकहरु र हरियो डलरमा बिकेका र यसका लागि दिलो ज्यान दिएर लागेका नेपालका अन्धभक्त राजनीतिज्ञहरुका कारण नेपाल पश्चिमा मुलुकको क्रिडास्थलका साथै पश्चिमा राजनीतिको शिकार बन्ने खतरा अझै बढेर जाने देखिएको छ । राजनीतिक द्वन्द्धको बर्षौको चपेटाबाट केही हदसम्म भए पनि उन्मुक्तितर्फ अगाडि बढीरहेको नेपालमा पश्चिमा राष्ट्रको कुदृष्टि अझै पनि निरन्तर रुपमा परिरहेको छ । यसले नेपालमा कहिल्यै दिगो शान्ति र विकास ल्याउन नदिने कुरामा अब झनै स्पष्ट भै सकेको छ ।
घरको मुली दर्बिलो नभएपछि घरका सदस्यहरुले दुःख पाउँछन् । देश चलाउने मुली दर्बिलो र भरोसा गर्न योग्य भएन भने देशबासीले दुःख पाउँछन् । यसले गर्दा छिमेकीले घरका बिरुद्धमा खेल्ने गतिलो ग्राउण्ड फेला पार्नु र बिरोधका स्वरहरु उराल्न गतिलो चौतारो फेला पार्नु कुनै अनौठो कुरा पनि भएन । नेपाली जनताको अथक प्रयासपछि देशमा बनेको स्थिर सरकारले देशमा कुनैपनि प्रकारको राजनीतिक तथा धार्मिक अस्थिरता निम्त्याउने कुरामा कसैले सोच्ने कुरा पनि भएन ।ओछ्यानमा पल्टिएर छिमेकीको लगातारको मानमर्दनको अभियानले फोश्रो राष्ट्रवादीको पगरी गुथ्न भ्याएको नेपालको अवसरवादी नेतृत्वले यदि छिमेकीको कुदृष्टि आफ्नाे देशमा पर्यो भने त्यसले आफ्नाे देशका नागरिकलाई कतिसम्म समस्यामा पार्न सक्छ ? भन्ने कुराको हेक्का त रामै्सँग राखेको हुनुपर्छ ।
देशमा आईपरेका प्राकृतिक बिपत्तिमा नागरिकको आँखामा आएको आँसु पुछ्न र घरबारबिहिन भएर नागरिक सुकुम्बासी बनेर सडकमा आउँदा कुनै गतिलो काम गर्न नसक्ने सरकारको अहिलेको वास्तविक चिन्ता, चासो र ठूलो काम भनेको छिमेकीलाई चिढ्याउने र जनताको सहानुभूति बटुल्ने अभियान चलाए बढता राष्ट्रवादी बनिन्छ भनेर यसैका पक्षमा लागिपरेको देखिन्छ । नेपालको राजनीतिको एउटा समूह आफ्नै फोस्रो राष्ट्रवादको नाराले कालान्तरमा कतै घरको न घाटको हुने त हैन ? भन्ने पिर अहिले स्वयं राष्ट्रवादी नेपालीहरुलाई नै पर्न थालेको छ ।
शासकमा देखिने र मनमा उब्जिने मनगणन्ते विचार, अनावश्यक चाहना र बालहठजन्य लहडले विश्वमा धेरै ठूला विध्वँंङ्सहरु निम्त्याएका उदाहरणहरु प्रशस्तै पढन पाईन्छ । नेपालमा पनि बिरामी र अस्वस्थ्य अवस्थाका प्रधानमन्त्री, प्रधानमन्त्रीका निकम्मा राजनीतिक सल्लाहकार र बिना सोच र विचार मनमा जे आयो त्यही बोलिदिने देशका कार्यकारी प्रमूखको केटाकेटी बानीले सिंगो मुलुकलाई समस्यामा पार्ने त हैन ? भनेर आम नागरिकहरु चिन्तित देखिन थालेका छन् ।
आफ्नै घरको समस्या करेसाबारीसम्म छताछुल्ल भैरहेका बेला देखिएका आफ्नै समस्याहरु समेटन छोडेर वर्तमान सरकार भने बेला न कुबेला हिन्दू धर्मका आस्थाका धरोहर मर्यादा पुरुष श्रीरामको जन्मस्थानको भौगोलिकता र रामको जन्मकुण्डली निर्माणमा लागेको देखिन्छ । यत्तिका बर्ष चासो नै नरहेको बिषयमा किन अहिले आएर रामको जन्मकुण्डली केलाउन देशका सर्वेसर्वा प्रधानमन्त्रीलाई हतारो पर्यो ? भन्ने कुराको जानकारी पाउन भने अझै केही दिनसम्म पर्खनु पर्ने देखिन्छ ।
बाघले बाख्रा खायो गुहार गुहार भनेर सधैं चिच्याएर गाउँलेलाई दुःख दिने बाख्रा गोठालो कालुलाई साच्चैको बाघ आएर बाख्रा खाएको दिन गरेको साच्चैको गुहारलाई गाउँलेले यो यस्तै फटाहा हाे, यसले आज पनि हामीलाई झुक्याउँन र आफु हामीलाई झुक्याएकोमा खुशी हुँदै रमाउन हामीलाई बोलाएको हो भनेर संझीदिनाले र कालु भएको स्थानमा नगैदिनाले कालुका सबै बाख्रा बाघले खाएको र झण्डै कालुलाई नै सिध्याएको कथा पढेर आएका नेपालीहरु प्रधानमन्त्रीका यस्ता बकम्फुसे कुराले कही आम नेपाली नागरिकलाई नै समस्यामा पार्ने त हैन ? भनेर अहिले सशंकित हुन थालेका छन् ।
नेपालको राजनीतिक परिदृष्य हेर्दा जसले भारतको अचाक्ली बिरोध गर्यो उ महान राष्ट्रवादी देखियो । भारतीय राजदुतसम्मलाई भेट नगर्ने प्रधानमन्त्री चिनियाँ राजदुतका अगाडि लम्पसार परेको पनि देखियो । शासकमा देखिने र मनमा उब्जिने मनगणन्ते विचार, अनावश्यक चाहना र बालहठजन्य लहडले विश्वमा धेरै ठूला विध्वँंङ्सहरु निम्त्याएका उदाहरणहरु प्रशस्तै पढन पाईन्छ । नेपालमा पनि बिरामी र अस्वस्थ्य अवस्थाका प्रधानमन्त्री, प्रधानमन्त्रीका निकम्मा राजनीतिक सल्लाहकार र बिना सोच र विचार मनमा जे आयो त्यही बोलिदिने देशका कार्यकारी प्रमूखको केटाकेटी बानीले सिंगो मुलुकलाई समस्यामा पार्ने त हैन ? भनेर आम नागरिकहरु चिन्तित देखिन थालेका छन् ।
जनमतको सही सदुपयोग गरेर देश निर्माणमा लाग्नु पर्ने समयमा बेतुकका चारपैसे गफमा समय कटाउने प्रधानमन्त्रीलाई अहिले अधिकांश नागरिक तुक्के बुढाको उपनामले चिन्न थालेका छन् । काम कम गफ र तुक्का ज्यादाको फर्मुलाले बिस्तारै काम गर्न छोडेपछि अहिले प्रधानमन्त्रीलाई के भनौं र कसो गरौं भन्ने औडाहले पिरोल्न थालेको देखिन्छ ।
इतिहासविद्को समेत माथा पच्चिसी गर्ने इतिहासका बिषयमा, परापूर्वकालका किम्बदन्तीहरुका बिषयमा, बेद, पुराण र उपनिषद्हरुका सिद्धान्त, यसको आवश्यकता र महत्वका बिषयमा, हिन्दू धर्मका आस्थाका केन्द्रहरुको बिषयमा, धार्मिक परम्परा अनुसार आम हिन्दू धर्मावलम्बीहरुले मान्दै आएका भगवानका बासस्थान र भगवानका विचरणका बिषयमा, धार्मिक तीर्थस्थलहरुका उत्पत्ति, नामाकरण र स्थान बिशेषको महत्वको बिषयमा, हिन्दू धर्म, संस्कार, प्रथा तथा परम्पराहरुका बिषयमा देशका कार्यकारी प्रमुखको सार्वजनिक समारोहमा हुने गरेको ठट्यौली र हाँसीमजाकले तमाम हिन्दू धर्मावलम्बीहरुको मन दुखाएको छ भने डलरको खेती गरेर नेपालमा धार्मिक अस्थिरता ल्याउन सक्रिय रुपमा लागिपरेको पश्चिमा कृष्चियानिटी अभियानले भने सफलता प्राप्त गर्दै गईरहेको छ । हिन्दू धर्मका बिषयमा नेपालमा मात्रै किन यसरी निरन्तर रुपमा प्रहार भैरहन्छ ? प्रधानमन्त्रीको हिन्दू धर्म माथिको निरन्तरको प्रहारलाई नेपालका हिन्दू धर्मावलम्बीहरुले कसरी बुझ्ने र कसरी लिने हुन त्यो चाँहि हेर्न बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार