ओलीको अभिव्यक्ति अनियन्त्रित र अराजक भएको डा. लोहनीको टिप्पणी
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार २३:५३:२७
१ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीको अनियन्त्रित र अराजक अभिव्यक्तिले परराष्ट्र नीति धुजा–धुजा पारेर नेपाललाई संकटमा धकेल्ने काम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
देशका भूभाग जलमग्न भएर बाढी पहिरोले जनधनको क्षति भएको बेला जनताको पिर र पीडाप्रति प्रधानमन्त्री संवेदनशील नहुनु चिन्ताको विषय भएको लोहनीले बताएका हुन् ।
प्रधानमन्त्रीको अराजक र अनियन्त्रित अभिव्यक्तिहरूको मनोविज्ञान के हो ? भन्दै उनले प्रश्न गरेका छन्, ‘वास्तवमा नेपालको परराष्ट सम्बन्धलाई धुजा–धुजा पारेर नेपाललाई संकटमा धकेल्ने काम किन भईरहेछ ?’
अध्यक्ष लोहनीले भने, ‘वास्तवमा आज हाम्रो सीमानामा भारतीयहरूले अन्तर्राष्ट्रिय कानुनको विपरित बनाएको बाँधहरूबाट तराइ, मधेसका थुप्रै जलमग्न गाउँकोको समस्याबारे नेपाल सरकारले बोल्नु पर्ने हो । तर यस्ता जनताको पिर र पीडामा प्रधानमन्त्रीलाई वास्ता छैन । यथार्थमा उहाँको वर्तमान अभिव्यक्ति अनियन्त्रित र अराजक छन् ।’
सामाजिक सञ्जालमा टिप्पणी गर्दै प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति उनले व्यङग्य गरेका छन् । ‘अब महाभारतको कुरुक्षेत्र पनि नेपालको झापाको तल्लो फाँटमा छ भन्ने तथ्य प्रधानमन्त्रीले घोषणा गर्ने हो की ?’ उनले भने ।
अयोध्या नेपालमै रहेको र राम नेपाली थिए’ भन्ने प्रधानमन्त्रीले दावी गरेपछि सर्वत्र आलोचना भइरहेको छ । पछिल्ला अभिव्यक्तिले देशको राष्ट्रियतामाथि नै प्रश्न उठेको भन्दै लोहनीले अब प्रधानमन्त्री कै पार्टीका नेताहरू र सबै नेपालीले सोच्ने बेला आएको भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार