मुक्तिनाथ विकास बैंक वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कारद्धारा सम्मानित
नेपालबहस संवाददाता
साउन १, २०७७ शुक्रबार १:२९:२७
१ साउन, काठमाडौं । विकास बैंकहरु मध्ये अग्रणी मुक्तिनाथ विकास बैंकले यो बर्षको उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार प्राप्त गरेको छ । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको छ । सोही बमोजिम यस बर्षका विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७५/०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (Best Presented Annual Report Award) मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले Best Presented Annual Report Award विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. बैंकिङ्ग क्षेत्र (Public and Private Sector ) २. वित्तीय क्षेत्र ३. बीमा क्षेत्र ४. सार्वजनिक क्षेत्र ईकाइ ५. सामान्य क्षेत्र रहेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको शपथग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो ।
उक्त समारोहका विशेष अतिथि महालेखा परीक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने
जेठ १६, २०८१ बुधबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार