बालुवाटारमा ओली गुटको भेला !
नेपालबहस संवाददाता
साउन १, २०७७ शुक्रबार २:२६:३७
१ साउन, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले दोहो¥याएर राजीनामा दिन दवाव दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफुनिकटका नेताहरुको भेला गरेका छन । कसैगरी पनि प्रचण्ड र माधव नेपालले राजीनामा माग नछाडेपछि फेरि तनावमा देखिएका ओलीले आफूनिकटका नेताहरुसँग परामर्श थालेका हुन ।
झण्डै एकहप्तासम्म पनि प्रचण्ड र माधव नेपाल पक्षसँगको वार्ता निष्कर्षमा नपुगेपछि ओलीले आफू निकटकका नेता, मन्त्री र सल्लाहकारहरुसँग छलफल थालेका नेताहरुले बताएका छन । ओलीको बोलावटपछि रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपेनता सुवास नेम्वाङ बालुवाटार पुगेका छन । यस्तै ओली पक्षका अरु नेता तथा मन्त्रीहरु पनि बालुवाटारमै छन ।
दिउँसो नै माधव नेपाल र प्रचण्डसँगको संयुक्त वार्ता निष्कर्षमा नपुगेपछि ओलीले आफुनिकटका नेताहरुलाई बालुवाटार बोलाएका हुन । दिउँसो भएको वार्तामा प्रचण्ड र माधव नेपालले तत्काल राजीनामा दिन ओलीलाई दवाव दिएका थिए ।
स्थायी कमिटी बैठकमा ओली अल्पमतमा छन भने बहुमत सदस्यले औपचारिक रुपमै ओलीको राजीनामा माग गरिसकेका छन । स्थायी कमिटी बैठकको राजीनामा दवाव थेग्न नसकेर ओलीले बैठक नै स्थगित गदैै आएका छन । भोलि बस्ने बैठक पनि बस्न नबस्ने टुंगो छैन ।
तर प्रचण्ड र माधव नेपालले बैठक नरोकिने बताएका छन । भोलिको स्थायी कमिटी बैठक, प्रचण्ड र माधव नेपालसँगको अन्तिम सहमतिको बिन्दु अब चाल्नुपर्ने कदमका विषयमा प्रधानमन्त्री ओलीले आफ्नो गुटका नेताहरुसँग छलफल थालेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार