दलित विद्यार्थीलाई युवानेता भण्डारीको साथ सहयोग
नेपालबहस संवाददाता
साउन १, २०७७ शुक्रबार ३:३९:५
१ साउन, धनगढी । नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले नेपाल दलित विद्यार्थी संघको धनगढी उपमहानगरपालिका समितिलाई स्वास्थ सुरक्षा सामग्री हस्तान्तरण वितरण गरेका छन । काठमाडौंदेखि कैलालीसम्म कुनै चन्दा नउठाई राहत बाड्दै आएका भण्डारीले बिहीबार धनगढीको दलित विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका हुन् ।
हरिप्रिया प्रकश फाउण्डेसनको तर्फबाट नेता भण्डारीले पीपीई, फेस सिल्ड, मास्क, स्यानिटाइजर वितरण गरेका हुन । स्वास्थ्य सुरक्षा सामग्री बालिका आराध्या भण्डारी र क्यारोलिन भण्डारीको हातबाट हस्तान्तरण गरिएको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा दलितमाथि भइरहेको जातीय विभेद, अपराध र रुकुम सोतीमा भएको जातीय नरसंहारका विषयमा समेत परामर्श भएको थियो ।
धनगढी उपमहानगरपालिकाका मेयर नृप वडमाथि जातीय भेदभाव आशयसहित गाली बेइज्जती भएको विषयमा कांग्रेस युवा नेता भण्डारी र दलित विद्यार्थीहरुबीच गम्भिर छलफल भएको थियो । जातीय विभेद अन्त्यका लागि आफूले सक्दो सहयोग गर्ने पनि उनले बताए ।
विद्यार्थीको प्रश्नको जवाफ दिदै युवानेता भण्डारीले सुदुरपश्चिम र देशभरी जातीय विभेद र उत्पीडन अन्त्य गर्न अब स्कुलदेखि क्याम्पससम्मको पाठयक्रममा सचेतना फैलाउने विषयवस्तु समेटिनुपर्ने बताए ।
साथै सामाजिक सद्भाव बढाउदै दलित अधिकार र आत्मसम्मानको रक्षाको लागि युवानेता भण्डारीले प्रतिबद्धता जनाएका छन् । कोरोना महामारी र लकडाउनमा अरुको सेवामा सक्रिय तपेन्द्र भुसाल र दिपक विश्वकर्मालाई पीपीई र फेससिल्डसहित सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार