कोरोनाको खोप सम्बन्धी अनुसन्धान रुसी ह्याकरको निशानामा
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १३:२८:१४
२ साउन, एजेन्सी । रुसी ह्याकरहरुले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणसम्बन्धी सूचनाहरु चोरी गर्ने योजनामा रहेको चेतावनी दिइएको छ । रुसी गुप्तचरहरुले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानडिन संस्थाहरुलाई निशाना बनाइरहेको सुरक्षा निकायले चेतावनी दिएका हुन्।
बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर ‘एनसिएससी’ले ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको बताएको हो ।
एनसिएससीले चेतावनी दिए पनि ह्याकरको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुनै जानकारी चोरी गरिसकेका छन् या छैनन् भन्ने खुलाएको छैन । तर खोपको अनुसन्धानमा ह्याकरले रोकावट भने नल्याएको बताइएको छ ।
रुसले आरोप अस्वीकार गरेको छ र कुनै पनि प्रकारको ह्याक नगरिएको वा त्यसको लागि ह्याकर परिचान नगरेको दाबी गरेको छ । खोपको अनुसन्धान सम्बन्धी जानकारी ह्याकरको निशानामा रहेको भन्ने सम्बन्धी चेतावनी बेलायतको एनसिएससीसहित क्यानडाको कम्युनिकेशन सेक्युरिटी स्टाबिलिस्मेन्ट ‘सिएसई’, अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ‘डिएचएस’ साइबर सेक्युरिटी इन्फ्रास्टक्छर सेक्युरिटी एजेन्सी ‘सिआइएसए’, अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सी ‘एनएसए’ ले प्रकाशित गरेका छन् ।
रोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयास गर्दै आएका अमेरिकी, बेलायती र क्यानेडियन संस्थाहरु रुसी ह्याकरहरुको निशानामा रहेको एनसीएससीको दाबी छ ।
एनसीएससीले देशको नाम लिए पनि ती देशका कुन–कुन संस्था ह्याकरको निशानामा छन् भनेर खुलाएको छैन । ह्याकरहरुले अहिलेसम्म कुनै सूचना चोरी गरिसके कि, गरिसकेका छैनन् भन्ने पनि खुलेको छैन । यद्यपि कोरोनाविरुद्धको भ्याक्सिन निर्माणको काममा भने कुनै बाधा नपुगेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार