बच्चा जन्माउन साइत हेरेर शल्यक्रिया !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १६:४५:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/oppression-_gfTa1UkCsi.jpg)
◊ काशीराम शर्मा
२ साउन, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–४ की २६ वर्षकी एक महिलालाई डाक्टरले गत असारको १४ गते सुत्केरी हुने समय दिए । डाक्टरले सुत्केरी हुन दिएको समयभन्दा तीन दिनअघि नै उनी भेरी अस्पताल नेपालगञ्जमा पुगीन् । उनी ज्योतिषीसँग राम्रो साइत हेराएर बच्चा जन्माउन पुगेकी थिइन् । उनीले भनेकै साइतमा चिकित्सकले पनि शल्यक्रियामार्फत बच्चा जन्माइदिए तर, डाक्टर ज्योतिषले भनेको साइतबारे भने जानकार थिएनन् ।
त्यस्तै नेपालगञ्ज–४, कै अर्की महिलाले पनि डाक्टरले दिएको मितिभन्दा दुई दिनअघि नै अस्पतालमा पुगेर शल्यक्रियामार्फत बच्चा जन्माइन् । यी दुई महिला प्रतिनिधि पात्र मात्रै हुन् । धेरैलाई ‘नर्मल डेलिभरी’ स्वास्थ्यका लागि राम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्नेजस्ता कुराले पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढेको छ । चिकित्सक पनि पछिल्लो समय शल्यक्रियामार्फत महिलाले बच्चा जन्माउने प्रचलन बढेर गएको बताउँछन् ।
प्राकृतिकरुपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने चाहना, प्राकृतिक सुत्केरीका लागि लामो समयसम्म पीडा सहेर बस्न नसक्ने हुँदा शल्यक्रिया गरेर प्रसव पीडाबाट मुक्ति पाउन पछिल्लो समय बच्चा जन्माउन महिलाले शल्यक्रिया रोज्ने गरेका छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी प्रसूति रोग विशेषज्ञ डा अङ्कुर भण्डारीका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । उनले भने, “हामी सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्छौं । सम्पन्न परिवारका महिला प्रसव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहान्छन् ।”
ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका गर्भवती महिलाले बच्चालाई जन्म दिन प्राकृतिकभन्दा शल्यक्रिया नै रोज्ने गरेको उनले बताए । “ग्रामीण भेगका महिलाले प्राकृतिक प्रक्रियाबाटै बच्चा जन्माउने तर शहरमा सुविधायुक्त अस्पताल हुने लामो समयसम्म पीडा सहन नपरोस् भनेर शहरी क्षेत्रका महिलाले बच्चा जन्माउँदा शल्यक्रिया नै रोज्छन्”, उनले भने । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गएको तीन आर्थिक वर्षमा बाँकेमा ६५ हजार १४४ महिलाले बच्चा जन्माएका छन् । तीमध्ये १२ हजार ५४० अर्थात् करिब १९ दशमलव २५ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले जानकारी दिए ।
तथ्याङ्कअनुसार आव २०७३/०७४ मा तीन हजार ७९६, आव २०७४/०७५ मा तीन हजार ८०८ र आव २०७५/०७६ मा चार हजार ९३६ महिलाले सामान्य तथा जटिल शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार आव २०७६/०७७ को जिल्लाभरिको तथ्याङ्क भने सङ्कलन भएको छैन ।
त्यस्तै गएको तीन आर्थिक वर्षमा प्राकृतिकरुपमा बच्चा जन्माउने महिलाको सङ्ख्या ५२ हजार ६०४ अर्थात् ८० दशमलव ७५ प्रतिशन रहेको छ । जसअनुसार आव २०७३/०७४ मा १५ हजार ६०७, आव २०७४/०७५ मा १६ हजार ८६३ र आव २०७५/०७६ मा २० हजार १३४ जनाले प्राकृतिकरुपमा बच्चा जन्माएका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार शल्यक्रियामार्फत सबैभन्दा धेरै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २२ प्रतिशत, भेरी अस्पतालमा १७ प्रतिशत र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा १४ प्रतिशतले बच्चा जन्माउने गरेका छन् भने २३ प्रतिशतले अस्पताल तथा गाउँकै स्वास्थ्यचौकीमा बच्चा जन्माउने गरेका छन् ।
२४ प्रतिशत घरमै सुत्केरी
नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका छन् तर बाँकेका २४ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी हुने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी गराउन सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि घरमै सुत्केरी हुने क्रम अपेक्षित घट्न सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार जिल्लाका तीन ठूला अस्पताल र ४७ मध्ये ३४ वटा स्वास्थ्य संस्थामा निःशुल्क गर्भ चेकजाँच र प्रसूति सेवा उपलब्ध छ । जिल्लाभर चेकँजाच तथा प्रसूति सेवा उपलब्ध भएपछि चेकजाँचका लागि महिला स्वास्थ्य संस्था आउने क्रम बढे पनि अझै २४ प्रतिशत स्वास्थ्य संस्थाको पहँुच बाहिर छन् ।
पब्लिक हेल्थ नर्स श्रेष्ठले भने, “गाउँमा रहेका स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच गराए पनि सुत्केरी हुन भने अधिकांश महिला ठूला अस्पतालमै आउने गरेका छन् । जसका कारण गाउँका स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनेको सङ्ख्या निकै कम र ठूला अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या निकै धेरै छ ।”
सरकारले गर्भवती महिलालाई उनीहरुले गाउँ नजिकैबाट चेकजाँच र सुत्केरी सेवा लिन सकून् भनेर प्रोत्साहन गर्न थालेको छ । स्वास्थ्य अवस्था सामान्य भएका गर्भवती ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाअर्थात् हेल्थ पोष्ट तथा प्राथमिक उपचार केन्द्रमा पनि सुरक्षित प्रसूति सेवा लिनसक्ने व्यवस्था मिलाइएको छ ।
सबै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवाका लागि २४ सैँ घन्टा तालीम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गरिएकाले गाउँकै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिँदा पनि आमा र शिशु दुवै सुरक्षित हुने जिल्ला स्वास्थ्य कार्यालयको दाबी छ । स्वास्थ्य अवस्था गम्भीर भएकालाई स्वास्थ्य संस्थाले नै ठूला अस्पतालमा रिफर गरिदिने व्यवस्थासमेत मिलाइएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार