आज मौद्रिक नीति सार्वजनिक हुँदै
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १७:५६:२२
२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति ल्याउने भएको छ । नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई पारित गरेसँगै दिउँसो एक कार्यक्रमका बीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
गभर्नर अधिकारीको यो पहिलो मौद्रिक नीति हो । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएको अवस्थामा देशको अर्थतन्त्रलाई मार्ग निर्देशित गर्नका निम्ति यसपटकको मौद्रिक नीतिलाई थप महत्वका साथ हेरिएको छ ।
वित्तीय स्थायित्व एवं वित्तीय सु-शासनका निम्ति मौद्रिक नीतिले भूमिका खोल्नुपर्नेमा सरोकारवालाहरूको जोड छ ।लकडाउनका कारण अस्तव्यस्त भएको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्ने र धराशायी बन्दै गएको व्यवसाय पुनर्जीवित गर्नका निम्ति नेपाल राष्ट्र बैंकले सहुलियत योजना ल्याउनुपर्ने निजी क्षेत्रको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाको पूँजी बृद्धि र मर्जरका विषयमा समेत यसपटकको मौद्रिक नीतिले ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार