नेकपाको स्थायी कमिटी बैठक फेरि पर्सीसम्मका लागि स्थगित
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १८:४२:५
२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पर्सीसम्मका लागि स्थगित भएको छ । आज बिहान बस्ने बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो ।
तर दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच कुरा नमिलेपछि बैठक पर्सी साउन ४ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
नेकपाभित्र प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर तिब्र विवाद छ । खासगरी एकलौटी रुपमा पार्टी र सरकार चलाएको अनि कसैसँग पनि परामर्श नगरेको आरोप ओलीमाथि शुरुदेखि लागेको थियो ।
पटक पटक सच्चिन आग्रह गरेपनि ओलीले त्यसलाई बेवास्ता गर्दै झन पेल्न खोजेपछि यसपटक अवस्था जटिल बनेको छ । शुक्रबार बिहान पनि अध्यक्ष प्रचण्ड र ओलीबीच कुराकानी भएको थियो ।
तर कुरा सहमतिभन्दा आ आफ्नो अडानमा रुमल्लिएपछि स्थायी कमिटी बैठक फेरि दुई दिन पर सारिएको हो । यसअघि हिजो प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।
प्रचण्ड र नेपालले दोहो¥याएर प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन भनेपछि संकट झन् गहिरिएको थियो । शुक्रबार बिहानसम्म पनि संकट समाधान हुनेभन्दा झन गहिरिएपछि अन्ततः स्थायी कमिटी बैठक स्थगित हुन पुगेको छ ।
नेकपाभित्र सत्ता लोभले प्रचण्ड र माधव नेपाल जसरी पनि ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा गराउन चाहन्छन । तर ओली बरु पार्टी फुटाउने तर राजीनामा नगर्ने अडानमा छन् । सोही कारण सत्तारुढ नेकपाभित्र विवाद झन बल्झिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार