कारवाहीमा परे पन्ध्र हजार सवारी साधन
नेपालबहस संवाददाता
साउन २, २०७७ शनिबार २:१:२७
२ साउन, नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले गत आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड ५८ हजार राजस्व उठाएको छ । अघिल्लो आव २०७५/७६ को तुलनामा रु ५१ लाख राजस्वमा कमी आएको छ । सो आव २०७५/७६ मा जरिवाना राजस्वमा १ करोड ५१ लाख २६ हजार राजस्व उठाएको थियो भने गत आव ०७६/७७ मा एक करोड ५८ हजार मात्र उठेको कार्यालयका प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताए ।
उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष कारवाही गरिएकोमध्ये जरिवाना राजस्वमा ५१ लाख कमी छ । गत वर्षभन्दा यस वर्ष राजस्व र कारवाही सङ्ख्यामा कमी आउनुको मुख्य कारण लकडाउन रहेको जनाइएको छ । उनी भन्छन्, “कोरोनाका कारण दुईपाङ्ग्रे र चारपाङ्गे्र सवारी साधनको रुट परमिट नभएका, ब्लुबुक फेल भएका, चालक अनुमतिपत्र फेल भएका साधनलाई कारवाही गर्न समयमा लकडाउन हुनुका साथै सवारीसाधन गुड्न नपाएको हुनाले त्यसैकारण पनि गत वर्ष हेरी अहिलेको समयमा राजस्व र कारवाही सङ्ख्यमा कमी आएको हो ।”
गत आवमा ट्रक तीन, टिपर दुई, बस दुई, कार, जिप एक तथा मोटरसाइकल १५ दुर्घटनामा परेका थिए । प्रनानि भट्टराई भन्छन्, “गत वर्षको सवारी दुर्घटनामा परी मृत्यु हुने ११ जना, गम्भीर घाइतेको सङ्ख्या १६, सामान्य घाइतेको सङ्ख्या नौ गरी जम्मा दुर्घटना सङ्ख्या १९ रहेको छ ।”
अघिल्लो आवमा सडक दुर्घटनाको तथ्याङ्कअनुसार जम्मा सवारी दुर्घटना–२३ मृत्यु हुनेको सङख्या–४१, गम्भीर घाइते हुनेमा २९, समान्य घाइते हुनेमा १६ रहेका थिए । गत आवको तथ्याङ्कअनुसार सवारीसाधनको रुट परमिट नभएका, ब्लुबुक फेल भएका, लाइसेन्स फेल भएका र नभएका गरी विभिन्न सवारीसाधन गरी १४ हजार ७३१ मध्ये लकडाउनको समय चैतदेखि असारसम्मको तथ्याङ्कमा कारवाही सङ्ख्या एक हजार ७८१ रहेका छन् । ती साधनबाट ११ लाख ९६ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।
गत वर्ष ०७५/७६ मा कारवाहीमा परेका २२ हजार ६५६ साधनबाट राजस्व ४६ लाख ७१ हजार ५०० उठेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार