सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार २१:२४:४७
२ साउन, सप्तरी । राजविराज नगरपालिका– १४ स्थित मधेपुरामा ६० सुत्केरी तथा गर्भवतीलाई आज पोषण सामग्री वितरण गरिएको छ । नगरपालिकाका उपप्रमुख साधना झाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत त्यहाँका महिलालाई पोषणका सामग्री वितरण गरे ।
नगरपालिका र युनिसेफको सहयोगमा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका प्रतिमहिलालाई कुखुराको अण्डा दुई क्रेट, चामल १० किलो, नुन दुई पोका, चना दुई किलो, खाने तेल दुई लिटर, साबुन दुई थानलगायत सामग्री वितरण गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रमका सहजकर्ता रञ्जिताकुमारी यादवले जानकारी दिए ।
बहुक्षेत्रीय पोषण कार्यक्रमले विपन्न र सुनौलो हजार दिनका महिलाका व्यवहारमा परिवर्तन हुन थालेपछि उत्साहित हुँदै गएको नगरपालिका, बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका स्थानीय स्रोत व्यक्ति एवं स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले बताए । राजविराज– २, ५ र १४ का सुत्केरी र गर्भवतीलाई पोषणका सामग्री वितरण गरिने योजनासमेत रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार