मकवानपुरको थाहामा तीन लाख लिटर दूध उत्पादन
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार २१:५६:३९
२ साउन, मकवानपुर । आर्थिक वर्ष २०७६/७७ मा मकवानपुरको थाहा नगरपालिकामा दुई लाख ९३ हजार लिटर दूध उत्पादन भएको छ । नगरपालिकाभित्र पकेट क्षेत्रमा रहेका पशुपालक कृषकले डेरी तथा दूध सङ्कलन केन्द्रमा बिक्री गरेको दूध परिमाणका आधारमा नगरपालिका पशुसेवा शाखाले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
नगरका घर्तीखोला, फाँटबजार, थाना बजार, ओखर बजार र बज्रबाराही क्षेत्रका ३०६ कृषकले पालेको गाईभैँसीबाट दुई लाख ९३ हजार ७२ लिटर दूध उत्पादन भएको थाहा नगर पशु सेवा शाखामा प्रमुख राघवेन्द्र मिश्रले बताए ।
शाखा प्रमुख मिश्रका अनुसार थाहा –२ को एकीकृत कृषि सहकारी संस्था लिमिटेडले चार स्थानमा स्थापना गरेको दूध सङ्कलन केन्द्रमा गरी ९७ कृषकले एक लाख १६ हजार ६४२ लिटर दूध बिक्री गरेका थिए । त्यसैगरी थाहा–६ बज्रवाराहीको पशुपालन कृषक समूहले १०६ कृषकबाट ९५ हजार ९६९ लिटर र निजी क्षेत्रबाट सञ्चालित नन्दीकेश्वर डेरीले १०३ कृषकबाट एक लाख ४६१ लिटर दूध सङ्कलन गरेको उनले जानकारी दिए ।
बेमौसमी तरकारी खेतीका लागि देशमै ख्याति कमाएको थाहा नगरपालिकामा केही वर्षदेखि दूधका लागि व्यावसायिक पशुपालनमा जोड दिन थालिएको छ । दूध उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले ३०६ कृषकलाई रु चार लाख ९५ हजार अनुदानसमेत प्रदान गरेको छ ।
कृषकले बिक्री गरेको दूध परिमाणका आधारमा प्रतिलिटर रु एकदेखि तीन र पैसा २५ सम्म अनुदान उपलब्ध गराएको पशु सेवा शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताए । नगरपालिकाले नगरमा सबैभन्दा बढी दूध उत्पादन गर्ने किसानलाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा थाहा–३ का युवराज बर्तौला तथा थाहा–६ का यशोदा अधिकारी र ओमकुमार सुवेदी रहेका छन् ।
त्यस्तै नगरपालिकाले आफ्नो सेवा क्षेत्रबाट सबैभन्दा बढी दूध सङ्कलन गर्ने नन्दीकेश्वर डेरीलाई नगदसहित सम्मान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार