लगातारको वर्षाका कारण गोटिहवाको अशोकस्तम्भ डुबानमा
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार २२:४४:३२
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–५ गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ । लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ । बलौटे ढुङ्गाको स्तम्भ पानीमा डुब्दा ‘क्यापिलरी एक्सन’ भएर त्यसलाई असर गर्ने पुरातत्वविद्ले बताएका छन् ।
मौर्य सम्राट् अशोक रुमिनदेई(रुपन्देही)स्थित शाक्यमुनि बुद्ध जन्मस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए । गोटिहवा सिद्धार्थ गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाणस्थल हो । आजभन्दा एक हजार ७७० वर्षअघि गोटिहवा अस्तित्वमा रहेको पुरातत्वविद्ले बताएका छन् । नेपालमा रहेका तीन अशोक स्तम्भमध्ये गोटिहवाको एक हो ।
लुम्बिनी विकास कोषले संरक्षणमा ध्यान नदिँदा स्तम्भ कमजोर बन्दै गएको छ । स्तम्भ भएका ठाउँमा खाल्टो रहेकाले पानी जमेर ३ फिट डुबेको स्थानीय पत्रकार मनोज श्रीवास्तवले बताए । पानी बढी पर्दा स्तम्भ ५ फिट जति डुब्ने गरेको छ । करीब १० फिट ८ इञ्च लामो स्तम्भ एक दशकदेखि डुब्दै आए पनि सरोकार निकायको खासै ध्यान जान सकेको छैन ।
पाँच वर्षअघि तल्लोतिरको ५ फिट बढी भाग मात्र संरक्षण गरिएको थियो । जियोटेक्सटाइल कपडाले बेरेर बालुवाले खाली च्याम्बरलाई पुरी स्तम्भ संरक्षण गरिएको थियो । माथिको भाग खुला छ । हावापानी र घाम तथा धुवाँधुलोको प्रदूषणले स्तम्भलाई थप कमजोर बनाउँदै लगेको छ । वर्षात्मा स्तम्भ दुईतीन महिना पानीमा डुब्ने गर्छ ।
जमीनको सतहसँग बराबर रहेकाले स्तम्भ डुब्ने गरेको हो । पुरातत्व विभागसँग समन्वय गरेर संरक्षणको योजना बनाइँदै गरेको कोष योजना प्रबन्धक सरोज भट्टराईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार