थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार २२:२५:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/corona2-1_K2A8kqaqG5.jpg)
२ साउन, काठमाडौं । नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा विभिन्न ठाउँमा गरिएको कोरोना परीक्षणमा १ सय १ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । शुक्रबार ४ हजार ६८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
त्यस्तै आज मात्रै २ सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेका छन । हाल ५ हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टिनमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।
कोरोनाका कारण अहिलेसम्म ४० जनाको मृत्यु भएको छ । शुक्रबार बिहान मात्रै एक जनाको कोरोनाले मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार