काँग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार २२:५३:३०
२ साउन, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन् ।
काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुङ्गा) लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिए ।
यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो । उनीहरु प्रतिष्ठानका केन्द्रीय सदस्य थिए । निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।
यसै सन्दर्भमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि केन्द्रीय विभाग गठन गर्ने र विस्तार गर्ने कार्य भइरहेको जनाई आपत्ति जनाएका छन् । उनीहरुले बिहीबार काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजकलाई एक पत्रमार्फत आचारसंहिताविपरीत भएका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको भनी उक्त कार्य तत्काल रोक्न र बदर गर्न/गराउन पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराएको थियो ।
काँग्रेसको १३औँ महाधिवेशन सम्पन्न भई चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुनमा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भएकाले थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा प्रवेश गरिसकेको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका दोहोर्याएरसमेत सार्वजनिक भई महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको उनीहरुले उल्लेख गरेका छन् ।
“पार्टीको विधानमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग/समिति/विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्नेछ”, भन्ने बाध्यात्मक व्यवस्था छँदाछँदै र तदअनुसार हामीहरुले यसतर्फ बारम्बार ध्यानाकर्षण गराउँदा गराउँदै विभिन्न विभाग अहिले आएर गठन गर्ने र सदस्य मनोनयन गर्ने कार्य भइरहेकामा हाम्रो आपत्ति छ”, पत्रमा उल्लेख छ ।
पार्टीको विधि र पद्धति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभाग अस्वीकार्य रहेको जानकारी गराउँदै उनीहरुले महाधिवेशन स्वच्छता र निष्पक्षतालाई ध्यानमा राख्दै विधान एवं निर्वाचन आचारसंहिताविपरीतका मनोनयन र नियुक्तिलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवं शुभेच्छुकलाई आह्वानसमेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार