काठमाडौं कांग्रेसद्धारा क्रियाशिल सदस्यता फारम वितरण
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार २३:३३:१८
२ साउन, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले तल्लो तहका कार्यकर्तालाई क्रियाशिल सदस्यता पठाएको छ । जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा आज जिल्ला समितिको कार्यालय ज्ञानेश्वरमा बसेको बैठकले नविकरण र नयाँ क्रियाशिल सदस्यता तल्लो तहमा पठाउने निर्णय गरेको हो ।
काठमाडौं कांग्रेसले अहिले रहेको क्रियाशिल सदस्य सँख्याको ५० प्रतिशत हुने गरि नयाँ क्रियाशिल सदस्यता फारम क्षेत्रमा पठाएको काठमाडौं कांग्रेस नेता यूपी लामिछानेले जानकारी दिए । जिल्ला सभापति बानियाँले क्षेत्रीय सभापतिहरलाई क्रियाशिल फारम हस्तान्तरण गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा हाल १ हजार ११९ क्रियाशिल सदस्यत छन् । त्यसको ५० प्रतिशत अर्थात ५ सय ५९ वटा नयाँ क्रियाशिलका लागि सो क्षेत्रमा फारम पठाइएको छ । त्यस्तै, काठमाडौं २ मा २ हजार ५४६ क्रियाशिल सदस्य छन् । नयाँ १ हजार २६३ क्रियाशील फारम पठाइएको छ ।
त्यस्तै, क्षेत्र नम्बर ३ मा १ हजार ७५८ क्षेत्र ४ मा १ हजार ४६३, क्षेत्र ५ मा १ हजार ३६८, क्षेत्र ६ मा १ हजार ६१८, क्षेत्र ७ मा १ हजार ६३५, क्षेत्र ८ मा १ हजार १९, क्षेत्र ९ मा १ हजार ९९८ र क्षेत्र १० मा १ हजार ७१९ क्रियाशिल सदस्य छन् । उनीहरुको नविकरण हुनेछ भने सो साख्याको ५० प्रतिशत नयाँ क्रियाशील थप हुनेछन् ।
सभापति बानियाँले साउन मसान्तभित्र नविकरण र नयाँ सदस्यताको फारम बुझाइसक्न क्षेत्रीय सभापतिहरलाई निर्देशन दिएका छन् । क्षेत्रबाट फारम आइसकेपछि जिल्लाले केन्द्रमा पठाउनेछ । कांग्रेसले फागुन ७ मा १४ औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार