स्व खीमकुमारीको निधनले पार्टीमा ठूलो क्षति पुगेको छ : वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
साउन २, २०७७ शनिबार २:५३:५१
२ साउन, काडमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वसभामुख एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटकी माता स्व खीमकुमारी रानाभाटले नेपालको परिवर्तनका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेको बताएका छन ।
स्व रानाभाटको ११औँ दिनको पूण्यतिथिमा आज रानाभाट निवासमा भएको श्रद्धाञ्जलिसभामा वरिष्ठ नेता पौडेलले पञ्चायतकालीन व्यवस्थामा काँग्रेसका नेतामात्र नभई अन्य पार्टीका नेताको पनि जमघटस्थल रानाभाट निवास भएको स्मरण गरेका हुन् ।
पार्टीका महामन्त्री शशांक कोइरालाले स्व खीमकुमारीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताउँदै पञ्चायती निरङ्कुशताविरुद्ध उनको चेतनाले परिवर्तनको आन्दोलनलाई अघि बढाउन मद्दत गरेको उल्लेख गरे ।
श्रद्धाञ्जलिसभामा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, पार्टीका जिल्ला सभापति कृष्ण केसीलगायतले स्व रानाभाटको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।
विसं १९७७ को विजयादशमीको दिन जन्मेकी खीमाकुमारीको एक सय वर्षको उमेरमा गत असार २३ गते स्वर्गारोहण भएको थियो । उनका तारानाथसहित खिलेन्द्र, देवेन्द्र र सुरेन्द्र रानाभाट गरी चार छोरा एवं खीमादेवी र शोभाकुमारी दुई छोरी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार