कोरोनासँगै पहिरो पीडितलाई विद्यालयको राहत
नेपालबहस संवाददाता
साउन ३, २०७७ शनिबार १९:२६:१२
मुस्ताङ । लोमन्थाङस्थित पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड–१९ र प्राकृतिक विपत्तिमा परेकालाई राहत प्रदान गरेको छ । लोमन्थाङ गाउपालिका–३ मा स्थायीरुपमा सञ्चालन भई हिउँदको समयमा पोखरा महानगरपालिका–१८ खपौदीमा सञ्चालन हुँदै आएको गुम्बा स्कुलले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७० हजार र पोखरा महानगरले स्थापना गरेको कोषमा ५० हजार रुपैया प्रदान गरेको छ ।
प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको सक्रियतामा पोखरा महानगरपालिका ३२ लामे आहालस्थित राधाकृष्ण वृद्धाश्रम र पोखरा महानगरपालिका–२६ स्थित पैते डाडा पहिरो पीडितसमेतलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो । पोखरा २६ पैते डाडाका पहिरो पीडित करिव ५० घर परिवारलाई लक्षित गरी खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको पोखरा महानगरपालिका–२६ का वडाअध्यक्ष नारायण बरालले आभार व्यक्त गरे ।
पाल ऐहाम नामग्याल गुम्बा स्कुलका प्रध्यानाध्यापक ग्याचो गुरुङले स्कुलका तर्फबाट कोरोना महामारी पीडितका साथै बाढी पहिरो पीडितलाई सहयोग गरिएको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आँफूहरूले राहत तथा सहयोग गरेको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार