मोटरसाइकल चोरीको जालो भत्काउँदै प्रहरी
नेपालबहस संवाददाता
साउन ३, २०७७ शनिबार २०:३:१
३ सानउ, महेन्द्रनगर । गत असार १५ गते कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी सरकारी कागजात कीर्ते गरी मोटरसाइकल किनबेचमा संलग्न दुई कर्मचारीसहित १२ जनालाई सार्वजनिक ग¥यो ।
यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत ती कर्मचारीलाई भारतबाट चोरी गरी ल्याइएका मोटरसाइकल सस्तोमा बिक्री गर्ने गिरोहसँगै मिलेको अभियोग लगाइएको छ । सरकारी कर्मचारीसमेत सरकारी छाप तथा कागजातलगायत कीर्तेमा संलग्न हुने गरेको सुइँको पाएको प्रहरीले सूक्ष्म अनुसन्धान थालेसँगै सफलतातिर उन्मुख रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चोरीका मोटरसाइकलको नक्कली ब्ल्युुबुक बनाउनेदेखि सरकारी छापको प्रयोग गर्ने यातायात व्यवस्था कार्यालयका कम्प्युटर सहायक अपरेटर जितेन्द्र राना र कार्यालय सहायक गणेश भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । “उक्त गिरोहमध्ये अहिलेसम्म १५ जना नियन्त्रणमा लिइसकेका छौँ”, उनले भने, “सङ्गठित अपराध ठहर गरेको प्रहरीले विस्तृत रुपमा अध्ययन गर्दैछ ।”
प्रहरी स्रोतका अनुसार सरकारी कागजात कीर्ते (लिखतसम्बन्धी कसुर) मा यातायात व्यवस्था कार्यालय धनगढीका दुईजना अधिकृतको समेत संलग्न रहेको पाइएको छ । “अनुसन्धानमा देखिएपछि थप दुई सरकारी कर्मचारीका नाउँमा पक्राउ पुर्जी जारी भइसकेको छ”, उनले भने, “अन्य यातायात कार्यालयमाथि पनि निगरानी बढाइएको छ ।”
किनेबच गरिएका मोटरसाइकल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा समेत दर्ता रहेको भेटिएको छ । “ब्ल्युबुकसमेत सक्कली भएकामा मोटरसाइकल नवीकरण गर्न यातायात पुग्दा सहजै काम भयो”, एक जनाले भने, “मोटरसाइकल नवीकरण गर्दासम्म हामीलाई गिरोहले चोरीको मोटरसाइकल भिडाएको रहेछ भन्ने थाहा थिएन ।”पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिँदा प्रहरीले आठवटा मोटरसाइकलसमेत सार्वजनिक गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा थप तीन चोरीका मोटरसाइकलसमेत पक्राउ गरेको छ ।
उक्त गिरोहमा संलग्न दुई कर्मचारीसँगै कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का ३५ वर्षीया बहादुर राना, बेदकोट नगरपालिका–६ का ३५ का राजकुमार राना, २५ वर्षीया हरेन्द्र राना, ३० वर्षीय सुबेश राना, लालझाडी गाउँपालिका–१ का ४२ वर्षीय रामनिवास राना, शुक्लाफाँटा नगरपालिका–१२ का २७ का श्याम राना, बेदकाट नगरपालिका–६ का २८ वर्षीय राम राना लाल राना, बेदकोट नगरपालिका–५ का १८ वर्षीय प्रदिप राना, २७ वर्षीय लक्ष्मी राना र लालझाडी गाउउँपालिका–४ का रामदयाल प्रहरी नियन्त्रणमा छन् ।
“हाल नियन्त्रणमा लिएका मध्येकाले विभिन्न बहानामा मोटरसाइकल आफन्तहरुमै बिक्री वितरणसमेत गरेको देखियो”, प्रहरीले स्रोतले भन्यो, “भारतबाट मोटरसाइकल चोरी गरी ल्याउने मध्येका केही फरार रहेको अनुमान छ ।”यातायात व्यवस्था कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख भोजराज भट्टले नवीकरण प्रक्रियामा सहभागी भएर नै उक्त गिरोहका व्यक्तिले मोटरसाइकल नवीकरण गरेको स्वीकार गरे । “ब्ल्युबुक देखाएर सामान्य तरिकाबाटै मोटरसाइकल नवीकरण हुन्छ”, उनले भने, “अर्को यातायात कार्यालयमा दर्ता भएका सवारीसाधन अनलाइनबाट जाँच गरेर नवीकरण गराउने प्रविधिको जोडिनु आवश्यक छ ।”उनले अनुसन्धान गरिरहेको प्रहरीले यातायातमा पनि थप जानकारी लिन पत्राचार गरिरहेको बताए ।
चेतेनन् कर्मचारीले
दुई वर्ष अगाडि कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाई चोरीका गाडी नेपालमा किनबेच गर्दै आएको गिरोहलाई पक्राउ गरेको थियो । नेपाली तथा भारतीय नम्बर प्लेटका सवारीसाधन चोरी गरी नक्कली कागजात बनाएर बेचबिखन गर्दै आएका मुख्य अभियुक्त कैलालीको भजनीका गोकुलप्रसाद श्रेष्ठ कारवाही भोगिरहेका छन् ।
नक्कली कागजात तयार पारेर भारतीय नम्बरका गाडी नेपालमा दर्ता गरी बेच्दै आएको तथ्य खुलेपछि तत्कालीन यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुखसहित सातजना कर्मचारी निलम्बनमा परेका थिए । उक्त समयमा प्रहरीले १० थान कारजीप र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । “त्यो बेला पनि यातायात कार्यालयको लेटरप्याड र छाप दुरुपयोग भएको थियो”, प्रहरी स्रोतले भन्यो, “अहिले पनि कीर्तेमा कर्मचारीकै मिलोमतो देखिन्छ ।”यातायात व्यवस्था कार्यालयका अनुसार निलम्बित सातै जना कर्मचारीले सफाइ पाएर काममा फर्किसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार