नेपालको पहिचान विश्वसामु पु¥याउन वरिष्ठ नेता पौडेलको आग्रह
नेपालबहस संवाददाता
साउन ३, २०७७ शनिबार २१:२४:३१
३ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पु¥याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस प्रवेश गरेका पर्वतीय पर्यटन क्षेत्रका व्यवसायी तथा आरोहीको आज यहाँ आयोजित स्वागत कार्यक्रममा उनले सो धारणा व्यक्त गरे। सर्वोच्च शिखर सगरमाथालगायत हिमाल आरोहणमा कीर्तिमान कायम गरेका विभिन्न ३१ आरोही कांग्रेस प्रवेश गरेका हुन् ।
वरिष्ठ नेता पौडेलले व्यक्तिगतभन्दा पनि व्यावसायिक हितमा दृढतापूर्वक लाग्न आग्रह गर्दै साहसिक पर्यटन नेपालको विशिष्ट पहिचानसँग जोडिएको र यो विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे । उनले नेपालको पर्वतारोहण क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउनेतर्फ पनि युवा आरोहीले भूमिका खेल्नुपर्नेमा जोड दिए । वरिष्ठ नेता पौडेलले पार्टीभित्र गुटमा लाग्नुभन्दा पनि लोकतान्त्रिक चरित्रलाई प्रश्रय दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वमन्त्री नवीन्द्रराज जोशी, पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा , पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पा लगायतले नेपालको प्रमुख पर्यटकीय आकर्षणका रुपमा रहेको पर्वतीय पर्यटनलाई व्यवस्थित ढंगले विकास गर्दै नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धन गर्न साहसी आरोहीले खेलेको भूमिकाको प्रशंसा गरे ।
पार्टी प्रवेश गर्नेमा दाबा थिञ्जु शेर्पा, निमाश्री शेर्पा, लाक्पातेञ्जिङ शेर्पा, पासाङ्दावा शेर्पा, सोनाम शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, कर्मा शेर्पा, थुक्तेन शेर्पा लगायत छन । यसअघि प्रवेश गर्नेमा कीर्तिमानी आरोही मिङ्मा शेर्पा, पासाङ तेन्जी शेर्पा, लाक्पा शेर्पा, छिङदोर्ची शेर्पा, लाक्पा ओङ्दी शेर्पा, प्रदीपकुमार लिंथेप, ज्योतिप्रकाश राईलगायत हुनुहुन्छ । लोकतान्त्रिक पर्वतारोही तथा पर्वतारोहण समुदायले आयोजना गरेको उक्त कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय पर्वतारोही सङ्घका वरिष्ठ उपाध्यक्ष आङ्छिरिङ शेर्पाले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार