भइरसका कारण बन्द भीमेश्वर मन्दिर आजदेखि खुला
नेपालबहस संवाददाता
साउन ३, २०७७ आइतबार ०:३:४१
३ साउन, दोलखा । कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ । मन्दिरमा भीडभाड बढ्ने भएपछि लकडाउनदेखि नै बन्द रहेको मन्दिर ११५ दिनको बन्दपछि दर्शन गर्नका लागि आजदेखि मन्दिरको मूल ढोका खुला गरिएको छ । एक शिला तीन अवतारका रुपमा पूजा गरिने प्रसिद्ध भीमेश्वरको मन्दिर आजदेखि खुला गरिने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय समितिको छलफलबाट खुला गर्ने निर्णय भएको वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।
मन्दिर चैत ११ गतेदेखि बन्द गरिएको थियो । मन्दिरको मुख्य बाहिरी गेट खुला गरिएको भए तापनि भित्री मुख्य मूलद्वार भने बन्द नै रहेको छ । मन्दिर परिसरमा भित्र पसेर घुमेर दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ । दोलखाबजारमा वर्षभरि मनाइने जात्रापर्वहरु खुलाउनका लागि मन्दिर घुमाउनै पर्ने बाध्यता रहेका कारण मन्दिर दर्शनका लागि खुला गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्ययवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । कोरोना भाइसरको जोखिम रहेका कारण दर्शनार्थीलाई सानिटाइजरको प्रयोग, साबुनपानीले हात धुने व्यवस्था गरी दर्शनका लागि व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार