सहमति खोज्ने सहमति गर्दै सकियो सचिवालय बैठक
नेपालबहस संवाददाता
साउन ३, २०७७ आइतबार १:३७:५१
३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को शनिबार बसेको सचिवालय बैठक सहमति खोज्ने सहमति गर्दै सकिएको छ । आज बसेको सचिवालय बैठकमा दुई पक्षीय र बहुपक्षीयबीच छलफल भएपछि शीर्ष नेताहरुबीच सहमतिकै आधारमा अघि बढ्ने सहमति भएको छ । बैठक करिब साढे ४ घण्टासम्म बसेको थियो ।
सचिवालय बैठकअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो। नेकपाभित्र शक्ति संघर्ष उच्चतम विन्दुमा पुगेका बेला पार्टी फुटकै संघारमा पुगेको छ। यद्यपि विवाद समाधानका लागि प्रयासहरु जारी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएलगतै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् ।अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेका छन् ।
आइतबारका लागि ३ बजे तय भएको स्थायी कमिटीको पूर्वनिर्धारित बैठक कायमै छ । भोलि ३ बजे स्थायी बैठकमा थप छलफल हुने हुने बताइएकाे छ । बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार