ओली र प्रचण्डकाे नाटकीय नयाँ प्रस्ताव, विवाद नयाँ दिशातिर
नेपालबहस संवाददाता
साउन ३, २०७७ आइतबार ४:५:७
३ साउन, काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेपछि नेकपाको विवाद नयाँ दिशातिर मोडिएको छ । सचिवालयको शनिबारको बैठकमा ओली र दाहालले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव राखेपछि नेकपामा केही दिनयता जारी तनाव नयाँ दिशातिर मोडिएको हो ।
नेकपाभित्रको शक्ति संघर्ष साम्य पार्न केही महिनादेखि हुँदै आएको कसरतले अहिलेसम्म कुनै सकारात्मक नतिजा निकाल्न नसके पनि शनिबार अध्यक्षद्वय ओली र दाहाल एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा करिब पौने दुई घन्टा भेटेर फर्केका छन्।
लगातारको स्थायी समिति बैठकको स्थगनपछि शनिबार सचिवालय बैठक डाकिएको थियो। बैठकलगत्तै अध्यक्षद्वय राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासतर्फ हुइँकिएका थिए। पौने दुई घन्टा राष्ट्रपतिसँग दुई अध्यक्षहरुको छलफल भएपछि अब नेकपाको विवाद नयाँ दिशातिर माेडिएकाे छ । जसरी भए पनि सहमतिमै अघि बढाउनेबारे शीतलनिवासमा परामर्श भएको बुझिएको छ। राष्ट्रपति निवासमा ओली र प्रचण्डसँगै विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी भएका थिए ।
जबकी दाहाल र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेका थिए । र, ओलीले कुनै पनि पद नछाड्ने अडान लिएका थिए । तर, शनिबारको सचिवालय बैठकमा ओली र दाहालको नयाँ प्रस्तावमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका छन् । उनीहरुको असन्तुष्टि छ ।
शनिबारको सचिवालय बैठक चार घन्टा चलेको भए पनि मुख्यतया: मंसिरमा महाधिवेशन गर्ने अध्यक्ष ओलीको प्रस्तावमा केन्द्रित भयो। ईश्वर पोखरेल र बिष्णु पौडेलले मंसिरमा महाधिवेशन गर्न सकिने दाबी प्रस्तुत गरेका थिए भने, खनाल तथा गौतमलगायतले भने कोरोना महामारी तथा अन्य परिस्थितिका कारण मंसिरमा महाधिवेशन सम्भव नहुने जिकिर गरेका थिए। यद्यपि नेकपाका शीर्ष नेताहरुबीच ओलीले विवाद साम्य पार्न महाधिवेशनको क्षेप्यास्त्र हानेको चर्चा चलेको थियो।
यसअघि प्रधानमन्त्रीबाट राजीनामाको माग गर्दै आएका प्रचण्डले शनिबारको बैठकमा भने यसबारे कुरै उठाएका थिएनन्। उनले उक्त अडान छाडेको संकेत दिने गरी आफ्ना धारणा राखेका थिए। बैठकमा पार्टी एकताको रक्षा गर्दै गुटगत छलफलमा जान नहुने धारणासमेत आएको थियो। पार्टीभित्रको संघर्षबारे छलफल भए पनि कुनै निष्कर्ष भने निस्केकाे छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार