भीटीएमको अभावले स्वाब सङ्कलन सुस्त
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १३:०:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/tes-vtm_MV5uyfKdOW.jpg)
४ साउन, महोत्तरी । पीसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भीटीएम ‘भाइरस ट्रान्सपोर्ट मिडिया’ अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
“तत्काल पीसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्”, कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, “तर, हामीसँग पर्याप्त भीटीएम नहुँदा तत्काल पीसीआर परीक्षण गरिनुपर्ने व्यक्तिको पनि स्वाब सङ्कलन गर्न सकेका छैनाैँ ।” पछिल्ला केही दिनदेखि त स्वाब सङ्कलन रोकिएकै अवस्थामा पुगेको झाको भनाइ छ ।
जिल्लामा गत चैत तेस्रो सातादेखि क्रमशः क्वारेन्टाइन केन्द्रहरु सञ्चालनमा आएका थिए । जेठको दोस्रो सातातिर भारतबाट फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा असार लाग्दासम्म क्वारेन्टाइन केन्द्रमा बस्नेको सङ्ख्या चार हजारसम्म पुगेको थियो । यद्यपि यो सङ्ख्या अहिले घटेर २८८ मा झरेको कार्यालयले जनाएको छ । जिल्लामा ९५ सम्म पुगेका क्वारेन्टाइनमा केन्द्र पनि अहिले ३२ मा झरेको छ । केन्द्रमा १४ दिन बसेर थप लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा जाने बढेपछि र सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बिरामी गएपछि केन्द्रमा सङ्ख्या घटेको हो ।
जिल्लामा अहिलेसम्म ‘शनिबारसम्म’ तीन हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ । तीमध्ये ८१० को पोजेटिभ र दुई हजार ६७० को नेगेटिभ नतिजा आएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाले बताए । स्वाब सङ्कलन गरिएकामध्ये १२५ को नतिजा प्राप्त हुन अझै बाँकी छ ।
जिल्लामा अहिले १८१ आइसोलेसन श्यया छन् । ती श्ययामा २० पुरुष र चार महिलासहित २४ छन् । होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पनि घटेर अहिले ३१७ मा झरेको छ । जिल्लामा असार पहिलो सातासम्म होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या तीन हजार ५०० सम्म पुगेको थियो । जिल्लाका अस्पतालबाट अहिलेसम्म ३१६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । सङ्क्रमितमध्ये कतिपय उपचारका क्रममा धनुषाका आइसोलेसन श्ययामा गएका हुँदा उतैबाट निको भएर घर फर्केको झाको भनाइ छ ।
भारतसँग खुला सीमाका कारण सङ्क्रमण सन्त्रास कायमै रहेको हुँदा अहिले हिँडडुल र आवागमनका क्रममा सुरक्षा सतर्कता घटेको स्वास्थ्यकर्मीले औँल्याएका छन् । असारदेखि नै क्रमशः खुकुलिँदै गएको लकडाउनसँगै बजारमा बढ्दो भीडले जोखिम कायमै रहेको झाको भनाइ छ । सधैँ मास्क लगाएर हिँड्ने, भीडभाडमा ननिस्कने, शारीरिक दूरीको ख्याल गर्ने, आन्तरिक सरसफाइ र साबुनपानीले हात धोइरहने, सफा, ताजा र स्वच्छ खानेकुरा खाने एवं स्वास्थ्यकर्मीको सम्पर्कमा रहने कुरा सङ्क्रमणबाट जोगिने आधारभूत कुरा भएका हुँदा बिर्सन नहुने स्वास्थ्यकर्मीको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार