नेकपाको स्थायी कमिटी बैठक आज, ओली-प्रचण्डबीच सहमति जुट्यो ?
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १५:२९:४३
४ साउन, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउसो ३ बजे बोलाइएको स्थायी कमिटी बैठक झण्डै १५ दिनपछि बस्ने तयारीमा छ । तर मध्यान्ह नभई बैठक बस्ने नबस्ने टुंगो छैन् । यसअघि तय भएका बैठक पनि बिहान बस्ने भनिदा बैठकको मुखैमा स्थगित हुने गरेका थिए ।
हिजो शनिबार बसेको सचिवालय बैठक सकारात्मक भएकाले आजको स्थायी कमिटी बैठक बस्ने सम्भावना बढी छ । बालुवाटारमा बसेको सचिवालय बैठकपछि हिजो नै राष्ट्रपति भवन शीतल निवासमा दुई अध्यक्षबीच सहमति भएको भनिएको छ ।
यद्यपि ओली प्रचण्डबीच कुन कुन बुँदामा सहमति जुट्यो भन्ने खुलेको छैन । आगामी मंसिरमा महाधिवेशन गर्ने गरी सहमति जुटेको र ओलीले प्रचण्डलाई अध्यक्ष पदको आश्वासन दिएको नेकपानिकट नेताहरुको भनाई छ । तर यो विषयमा प्रचण्डले मुख खोलिसकेका छैनन् ।
यसअघि ओलीलाई नेकपाको अध्यक्ष र प्रधानमन्त्री पद दुबै छाड्नुपर्ने अडान राख्दै आएका प्रचण्ड एकाएक ‘कन्भिन्स’ भएको कुरा अझै पत्यारलाग्दो भने छैन । प्रचण्डलाई ओलीले पटक पटक आश्वासन दिदै फेरि धोका दिदै आएका छन् । जुन श्रृङ्खला पछिल्लो दुई बर्षयता चलिरहेको छ ।
शुरुमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका ओली प्रचण्डबीच पछिल्लो पटक कार्यकारी अध्यक्षमा कुरा मिलेको थियो । तर दुबै सहमति कार्यान्वयन नभएपछि यसपटक प्रचण्ड ओलीसँग निकै क्रुद्ध बनेका थिए । जुन ओलीको राजीनामा माग चर्काउन कारक बन्यो ।
त्यसैले ओलीले यसपटक प्रचण्डलाई अध्यक्षको आश्वासन दिएपनि त्यो कार्यान्वयन हुनेमा शंका छ । फेरि ओली र प्रचण्डबीच गोप्य सहमति हुँदा माधव नेपाल पक्ष भने सशंकित भएको छ । यसअघि ओलीबाट पटक पटक अन्तरघात व्यहोरेका माधव नेपाल यसपटक प्रचण्डबाट पनि ‘कर्नर’मा पारिएका छन ।
आइतबारको स्थायी कमिटी बैठकमा दुई अध्यक्षबीच कुरा मिलेको देखिए नेकपाको आन्तरिक विवाद समाधान भएको ठहरिनेछ । तर यसमा माधव नेपाल पक्ष सहमत भएमा मात्रै कुरा मिल्ने नभए फेरि प्रचण्डले बखेडा झिक्न सक्ने अनुमान पनि गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार