चिया आन्दोलन सहमति नजिक, उचित दाम पाउने आशमा किसान
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १६:३:४७
◊ किरण पौड्याल
४ साउन, इलाम । लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन् । उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित दाम पाउनेमा आशावादी देखिएका छन् ।
सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगीले बन्दाबन्दीको बहाना बनाउँदै नगरले तोकेको मूल्यभन्दा कम मूल्यमा चिया लिने बताएपछि किसान आन्दोलनमा होमिएका थिए । दुई वर्षअघि नगरपालिकाले हरियो चियापत्ती प्रतिकिलो मूल्य रु ४० भन्दा कममा उद्योगले किन्न नपाउने भन्दै कार्यविधि नै बनाएको थियो तर अहिले उद्योगीले बन्दाबन्दीमा चिया बेच्न नसकिएका कारण व्यवसाय घाटामा गएकाले तोकिएको मूल्य दिन नसक्ने बताएका थिए ।
त्यसपछि आन्दोलनमा रहेका किसानले पछिल्लो समय उद्योगले माग सम्बोधन गर्न सकारात्मक रहेकाले सहमतितर्फ वार्ता पुगेको बताएका छन् । नगरपालिकाले समेत तोकिएको मूल्यमा किसानको चिया किन्न उद्योगीलाई आदेश दिएपछि उद्योगी माग पूरा गर्न सकारात्मक देखिएको सूर्योदय नगरपालिका–११ का चिया किसान सोनामछिरिङ काजीले बताए।
नगरपालिकाले हरियो चियापत्तीको न्यूनतम मूल्य रु ४० कानूनमै लेखिएकाले उद्योगले पूरा नगरे कारवाही गर्ने बताएपछि उद्योगी सकारात्मक देखिएको सोनामले बताए । “नगरपालिका, चिया किसान र उद्योगीबीच वार्ता बस्दा नगरप्रमुख रणबहादुर राईले कानूनको कुरा गरेपछि उद्योगी सकरात्मक हुँदै आएका हुन्”, उनले भने, “धेरै उद्योगी अहिले पनि सकारात्मक छन । केही उद्योगीले मात्र कुरा बुझेका छैनन ।”
नगरका अधिकांश किसानले गुणस्तरहीन चिया कारखानामा ल्याउने भएकाले तोकिएको मूल्य दिन नसकेको उद्योगीले बताएका थिए तर किसानले भने सबै चियालाई कारखानाले एकै दाम दिने भएकाले चियामा गुणस्तर कायम गर्न नसकेको बताएका थिए । “कारखानाले सबै चियाको दाम एकै किसिमको दिन्छ”, सोनामले भने, “डोकोमा लगेको, बोरामा खाँदेको वा एक पात दुई सुइरो वा आठ इञ्च लामो सबै चियाको दाम एउटै मापदण्डमा राखेपछि गुणस्तर कम भएको हो ।”
उद्योगीले गुणस्तरीय चिया मात्र किनेमा आफूहरू गुणस्तरीय चिया बनाउन पनि तयार रहेको सोनामले बताए। उद्योगले चियाको गुणस्तरअनुसार प्रतिकिलो रु ४० देखि रु १०५ सम्म दाम दिन सकिने बताएपछि तोकिएअनुसारको चियाको दाम नदिने गरेको किसानले बताएका छन् ।
तोकिएकै दाम दिने उद्योगले कबोल गरेर चिया लिए पनि भुक्तानीको समयमा तोकिए जति दाम नपाउने गरेको अर्का चिया किसान डम्बर कटुवालले बताए। “हामी सबै किसान पढेलेखेका पनि छैनौँ । पहिले राम्रै दाम दिने भनेर चिया किने पनि पछि कम दाम दिन्छन्”, डम्बरले भने, “आफूले उत्पादन गरेको वस्तुको मूल्यमा समेत हामी ठगिँदै आएका छौँ ।”
यता उद्योगहरूले भने गुणस्तरीय चिया आए तोकिए ९रु ४० प्रतिकिलो० भन्दा बढी पनि मूल्य दिएर किन्ने बताएका छन् । किसानको चियामा गुणस्तर नहुने भएकाले नै कम मूल्य दिनुपरेको उद्योगीले बताएका छन् । “विषम परिस्थिति छ, चिया बजारमा जानसमेत सकेको छैन तर पनि चियाको गुणस्तरअनुसारको मूल्य दिन्छौँ”, सूर्योदय चिया प्रोडक्सनका सचिव गोपाल कट्टेलले भने, “हामी गुणस्तरीय चिया आएमा रु ४० होइन रु ९५ मा समेत किन्न सक्छौँ ।” कट्टेलले बन्दाबन्दीका कारण चिया बेच्न नसकिएकाले चियाको अग्रिम भुक्तानी दिन नसकिएको बताए ।
नगरपालिकाले पनि तोकिएको भन्दा कम मूल्यमा किसानको चिया उद्योगले किन्न नसक्ने बताएको छ । चियाको मूल्य निर्धारण गर्दा उद्योगी, किसान, चिया बोर्ड सबैको छलफल भएकाले उद्योगले कानूनअनुसार चल्नुपर्ने नगरपालिकाका आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार