संक्रमित मृतकका श्रीमतिसहित परिवारका पाँच जनामा संक्रमण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार २१:३:५
![](https://nepalbahas.prixacdn.net/media/albums/Hospital-Lab_2tCMX3WDqI.jpg)
◊ धीरुभाइ
४ साउन, सप्तरी । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएका राजविराज निवासीको परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी पाँच जनासहित जिल्लामा आइतबार थप ३२ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमितको कूल संख्या ३७६ पुगेको छ ।
यता राजविराजका ६ निवासी प्रतिष्ठित व्यवसायी एवं समाजसेवी ७३ वर्षीय रामकृष्ण दासको (नाम नछाप्नु) गत बिहीबार मृत्यु भएको थियो । उनको सिधा सम्पर्कमा आएको श्रीमति, छोरा, बुहारी, नाती नातिनीसहित परिवारका पाँच जना सदस्यमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए । ६७, ३६ र ११ वर्षकी तीन महिला र १७ र ४५ वर्षको दुई पुरुष गरी पाँच जना पारिवारिक सदस्यमा कोरोना पुष्टि भएको उनले बताए ।
उनले भने मृतक परिवारका पाँच र घरको एक कामदार गरी छ जनाको रिपोर्टमा कामदार बाहेक परिवारका सबै सदस्यहरुमा कोरोना पाइएको छ । मृतक दासको सिधा सम्पर्कमा आएका परिवारका सदस्य, छ जना स्टाफसहित २९ जनाको कोरोना परीक्षणको लागि स्वाव संकलन गरिएको थियो । छ जनाको रिपोर्ट आएको छ । बाँकीको रिपोर्ट आउन बाँकी छ ।
१३ दिन अघि भारत दिल्ली र बिहारको दरभंगाबाट आफुसहित श्रीमतिको उपचार गराएर घर फर्किएका मधुमेह, मुटु र प्रोस्टेटका विरामी दासको बिहीबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि उनको घरमा सिधा आवतजावत र सम्पर्कमा रोक लगाएको छ ।
परिवारका सदस्यमा संक्रमण भेटिएपछि राजविराज स्थित कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालक रहेको दासको पसलमा आउने ग्राहक-उपभोक्तासम्म कोरोना संक्रमण फैलिएको हुन सकिने आशंका बढेको छ ।
जिल्लाको उद्योग व्यवसायी, जातीय संगठनका प्रमुख व्यक्तित्वहरु समेत सिधा सम्पर्कमा आएको हुन सकिने अनुमान गरिएको छ । परिवारका सबै सदस्यमा कोरोना पाइएपछि दासको यात्राबृतान्त, कन्ट्याक्ट ट्रेसिङ्ग कार्य सक्रियतासाथ अगाडी बढाइने स्वास्थ्यका निमित प्रमुख यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार