महिला, शान्ति र सुरक्षासम्बन्धी जानकारी दिन मन्त्रालयलाई निर्देशन
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार २३:२९:२
४ साउन, काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला शान्ति र सुरक्षासम्बन्धी विषयमा विकास भएका सूचकको प्रयोग गरी नेपालको विद्यमान अवस्था मापन गर्न र सोको परिणाम जानकारी गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले आज आयोजना गरेको महिला शान्तिसुरक्षा विषयमा प्रदेशसभाका सामाजिक समिति सम्बद्ध सभापति एवं सांसदसँगको अनुभव आदानप्रदान कार्यक्रमपछि सभापति निरुदेवी पालले महिला शान्ति र सुरक्षासम्बन्धी राष्ट्रसङ्घीय कार्यसूची पक्षराष्ट्र भएको जनाउँदै त्यसबारेको परिणाम लिखितरुपमा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएका छन् ।
सभापति पालले भने, “आज बैठकमा हिंसामुक्त सभ्य समाज निर्माण गर्न सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति एवं सबै प्रदेशसभाका सम्बद्ध समितिबीच आपसी सहकारिता, सहअस्थित्व र समन्वयका आधारमा एकीकृत प्रयास गर्ने, सम्बन्धित विषयवस्तुमा साझा विकास गर्न आगामी दिनमा समेत आवश्यकताअनुसार सामूहिक छलफल गर्दै जाने निर्णय भयो ।”
छलफलमा पूर्वमन्त्री थममाया थापाले मुलुकमा राजनीतिक परिवर्तनसँगै नयाँ संविधान निर्माण भए पनि, महिला हिंसासम्बन्धी ऐन÷कानून भए पनि पनि महिलालाई हेर्ने सोंचमा परिवर्तन हुन नसकेको बताए । उनले भने, “कानून बनाउँदैमा महिला हिंसा कम हुन्छ भन्ने होइन, कानून पूर्णरुपमा कार्यान्वयन गर्न नीति बनाउनुपर्ने आवश्यकता हुन्छ, महिलामाथि हुने सबै प्रकारका विभेद रोक्न राज्यले ध्यान दिनुपर्ने आवश्यक छ ।”
समितिका सदस्य गङ्गा चौधरी सत्गौवा र नारायणप्रसाद खतिवडाले भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनसँगै चेतनामार्फत महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।
सुदूरपश्चिम प्रदेश, सामाजिक समितिकी सभापति कुन्ती जोशीले सुदूरपश्चिममा रहेको छाउपडी र बोक्सीलगायत विभिन्न कुरीतिविरुद्ध सामाजिक समिति लागिपरेको जानकारी दिए । प्रदेश नं २, सामाजिक समिति सदस्य मञ्जुकुमारी यादवले तराईका जिल्लामा घरभित्रै महिलाले महिलालाई हिंसा गर्ने गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार