नान्टेस गिर्जाघरको आगलागी प्रकरणमा एक व्यक्ति पक्राउ
नेपालबहस संवाददाता
साउन ४, २०७७ सोमबार १:४८:४
४ साउन एजेन्सी । न्सेली अनुसन्धानकर्ताहरुले ऐतिहासिक महत्वको नान्टेस शहरको गिर्जाघरमा काम गर्ने एक व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको बताएका छन् । आगलागीबाट गिर्जाघरमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
उक्त व्यक्तिले शुक्रबार साँझ गिर्जाघरको ढोका बन्द गरेको स्थानीय जाँच अधिकारी पियर सेनेसले बताए । उनले सोधपुछ गरिएका व्यक्तिको आगलागीमा कुनै संलग्नता थियो भनेर अहिल्यै भन्न कठिन रहेको पनि जानकारी दिए ।
अनुसन्धान अधिकारीहरुले नान्टेस गिर्जाघरमा शनिबार भएको यस आगलागीलाई आगजनीका रुपमा व्याख्या गर्दै अनुसन्धान थालेका छन् । आगलागीबाट सेन्ट पीटर र सेन्ट पलको गोथिक गिर्जाघरका तीन ठाउँमा ठूलो क्षति गरेको छ ।
गत वर्ष सन् २०१९ को अप्रिलमा पनि फ्रान्सकै ऐतिहासिक एवं धार्मिक महत्वको नोट्रेडाम गिर्जाघरमा भिषण आगलागी भएको थियो । उक्त गिर्जाघरको पुनर्निर्माण कार्य जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार