चिनियाँ जहाज उड्न नसक्दा २ अर्ब घाटा
नेपालबहस संवाददाता
साउन ४, २०७७ सोमबार २:१९:४१
४ साउन, काठमाडौं । नेपाल एयरलाइन्सले १५ साउनपछि चिनियाँ जहाज नउडाउने भएको छ । चिनिया जहाजबाट कम्पनीले कुनै पनि व्यवसायिक लाभ लिन नसकेको भन्दै सरकारले चिनियाँ जहाज नउडाउने भएको हो ।
चीनबाट २ वटा जहाज अनुदान र ४ वटा जहाज सहुलियतपूर्ण ऋण सहायतामा यी जहाज नेपाल ल्याइएका हुन । त्यसमध्ये १७ सीट क्षमताका ४ वटा वाइ १२ ई र ५६ सीट क्षमताका एमए ६० दुई वटा जहाज नेपाल वायुसेवा निगमसँग छन ।
यी जहाजको बिक्रीपछिको सेवा उपलब्ध हुन नसकेको, चीनबाहेक अन्य मुलुकमा जहाज मर्मत केन्द्र नभएको र नेपालमा भौगोलिक कारणले समेत चिनियाँ जहाजको प्रदर्शन सन्तोषजनक नभएको निष्कर्षमा नेपाल एयरलाइन्स पुगेको हो ।
नेपाल एयरलाइन्सले ६ वटा चिनियाँ जहाज नेपाल एयरलाइन्सको स्वामित्वमा नरही नेपाल सरकारको स्वामित्वमा रहेका कारण आफैं व्यवस्थापन गर्न समेत सुझाव दिएको छ ।
ती सदस्यका अनुसार नेपाल एयरलाइन्सलाई सरकारले उपलब्ध गराएका कारण आर्थिक जोखिम मोलैरै चलाएको भएपनि ती जहाजको स्वामित्व नेपाल सरकारकै नाममा रहन्छ ।
सोहीअनुसार नेपाल एयरलाइन्सले पटकपटक यी जहाजलाई उद्धार वा अन्य प्रयोजनमा प्रयोग गर्न सरकारलाई सुझाव दिएको छ । यी जहाज नेपाल सरकारले ६ अर्ब रुपैयाँ लगानी गरेर ल्याएको हो ।
तीमध्ये चार वटा जहाज चल्न नसक्ने अवस्थामा छन । एउटा जहाज बिग्रेकै छ भने एउटा जहाज मात्रै उडाइएको छ । ६ अर्बमा किनिएका जहाज उड्न नसक्दा २ अर्ब नोक्सनी भएको निगमले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार