होलसेल लघुवित्त फर्स्ट माईक्रो फाईनान्सको व्यापार घट्याे, मुनाफा र कर्जा प्रवाह सुस्त
आर्थिक संवाददाता
साउन ५, २०७७ सोमबार ९:३८:२४
५ साउन, काठमाडौं । होलसेल लघुवित्त मध्येको एक फर्स्ट माईक्रो फाईनान्स आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ । यस अघि पनि त्रैमासिक प्रतिवेदनमा फर्स्ट माईक्रो फाईनान्सको नाम सुरुमा आउने गर्थ्यो ।
लघुवित्तले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्ममा १३ करोड ९७ लाख खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा कम्पनीले १३ करोड २४ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा सामान्य ५ प्रतिशतको वृद्धि देखिएको छ ।
८० करोड चुक्ता पुँजी भएको यस लघुवित्तको ५१ प्रतिशत हिस्सा संस्थापक शेयरधनीको रहेको छ भने ४९ प्रतिशत हिस्सा साधारण शेयरधनीको रहेको छ। कम्पनीका ठूला शेयरधनीमा ग्लोबल आईएमई बैंक र प्रभु बैंक रहेका छन्। प्रभु बैंक र ग्लोबल आईएमई बैंकको समान १५ -१५ प्रतिशत शेयर स्वामित्व रहेको छ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि :
लघुवित्तको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि देखिएको छ । लघुवित्तले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासमा २२ करोड ४१ लाख खुद व्याज आम्दानी गरेकोमा आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासमा कम्पनीले २१ करोड २४ लाख खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानी ६ प्रतिशतले मात्र वृद्धि भएको छ ।
खुद मुनाफामा सामान्य वृद्धि :
संचालन मुनाफामा सामान्य ४ प्रतिशतको वृद्धि भएसंगै कम्पनीको खुद मुनाफा पनि सामान्य ५ प्रतिशतले मात्र वृद्धि भएको छ । आर्थिक वर्ष ०७५/७६ को तेश्रो त्रैमासमा १३ करोड २४ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने १३ करोड ९७ लाख खुद मुनाफा गरेको छ ।
कम्पनीको प्रोभिजन रकममा आएको गिरावट र राईट व्याकको कारणले गर्दा पनि कम्पनीको खुद नाफामा ५ प्रतिशतको वृद्धि गर्न सहज भएको छ ।
जगेडा कोष निकै बढ्यो :
कम्पनीको जगेडा कोषमा १२९ प्रतिशतको वृद्धि भएको छ । १० करोड ८१ लाख बाट जगेडा कोष बढेर २४ करोड ७९ लाख पुगेको छ।
सापटी र कर्जा प्रवाहमा सुस्त :
लघुवित्तले आर्थिक वर्ष ७६/७७को चौथो त्रैमाससम्म ५ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको छ । समिक्षा अवधिमा कर्जा प्रवाह १ प्रतिशतले वृद्धि भएको छ भने सापटी रकम २ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब २३ करोड पुगेको छ।
प्रतिशेयर आम्दानी १७ रुपैयाँ :
खुद मुनाफामा ठुलो वृद्धि नभएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि ठूलो वृद्धि हुन् सकेन । कम्पनीको अहिलेको प्रतिशेयर आम्दानी १७ रुपैंया ४५ पैसा मात्र रहेको छ ।
मूल्य आम्दानी अनुपात ३४ गुणा:
कम्पनीको अन्तिम बजार मूल्य ५९४ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ३४ दशमलव ०४ गुणा आउँछ । कम्पनीको बजार मूल्य र प्रतिशेयर आम्दानीलाई आधार मान्दा कम्पनी “ओभरभ्यालुड” जोनमा रहेको देखिन्छ ।
५ वर्षे लाभांश :
विगत ५ वर्षको लाभांशलाई हेर्दा कम्पनीले आर्थिक वर्ष ०७५/७६मा १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमवल ८९ प्रतिशत नगद लाभांश सहित १७ दशमलव ८९ प्रतिशत लाभांश दिएको थियो ।
निस्कर्ष:
लकडाउनको कारणले गर्दा कम्पनीलाई व्यापार विस्तार गर्न केही समस्या परेको देखिन्छ । तर पनि होलसेल लघुवित्त भएको कारणले गर्दा अन्य क्षेत्रका कम्पनी भन्दा कम असर पर्ने देखिन्छ । यसरी कम्पनीको चौथो त्रैमासको प्रतिवेदनलाई सन्तोषजनक नै लिनु पर्छ । आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमासलाई आधार मान्दा चाहीं कम्पनीको व्यापार घटेको छ । तेश्रो र चौथो त्रैमासलाई दाँजेर हेर्दा सापटी रकम र कर्जा प्रवाहमा सामान्य गिरावट आएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार